Melamchi Municipality Home / Directory
Melamchi Municipality
Ward 11, Melamchi MUN, Sindhupalchok, Bagmati
Government
Address Ward 11, Melamchi MUN, Sindhupalchok, Bagmati
Phone 2 011-401142

वि.सं. २०७१ साल मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविकका ७ वटा गाविसहरु  (मेलम्ची, ज्यामिरे, शिखरपुर, तालामाराङ, सिन्धुकोट, बाँसवारी र फटकशिला) समावेश गरेर मेलम्ची नगरपालिका गठन गरिएकोमा राज्यको पुर्नसंरचना पछि वि.स. २०७३ साल फाल्गुण २६ गते साविकका ४ वटा गाविसहरु (भोटेचौर, हैबुङ, थकनी र दुवाचौर) समेत थप गरी मेलम्ची नगरपालिकाको पुनर्गठन गरिएको छ  । राज्यको पुनर्संरचना पछि यस नगरपालिकामा हाल १३ वटा वडाहरु रहेका छन् ।

160.63 वर्ग कि.मि. क्षेत्रफल भएको यस नगरपालिकामा २०७८ को राष्ट्रिय जनगणना अनुसार कूल जनसंख्या ४१०६३ रहेकोमा पुरुषको जनसंख्या 19963 र महिलाको जनसंख्या 21100 रहेको छ भने जम्मा 11180 घरधुरीहरु रहेका छन् । नेपालको संविधान, २०७२ ले दिएको अधिकार, स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्था तथा मेलम्ची नगरपालिकाबाट जारी गरिएको ऐन, नियमावली,  कार्यविधि, निर्देशिका र मापदण्ड बमोजिम यस नगरपालिकाले आफ्नो अधिकार क्षेत्र भित्रका कार्यहरु नियमित रुपमा संचालन गर्दै आइरहेको छ ।

नेपालको राजधानी काठमाडौंबाट उत्तर–पूर्वमा पर्ने बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची नगरपालिका एक हो । यस नगरपालिकाको पूर्वमा ईन्द्रावती गाउँपालिका, पश्चिममा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका र नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, उत्तरमा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका तथा दक्षिणमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका रहेको छ । 

मेलम्ची नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.