Menchhayayem Rural Municipality Home / Directory
Menchhayayem Rural Municipality
Ward 05, Menchayam RM, Terhathum, Koshi
Government
Address Ward 05, Menchayam RM, Terhathum, Koshi
Email 2 info@menchhayayemmun.gov.np

न्छयायेम गाउँपालिका, कोशी प्रदेश स्थित तेह्रथुम जिल्लाको उत्तर पूर्वी गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ७०.०९ वर्ग कि. मि. मा फैलिएको छ । दुर्गम तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग, खोला नाला र समथल बेसी र लालीगुराँसको घना जंगलले यस गाउँपालिकाको पर्यटकीय आकर्षण उत्तिकै बढेको पाइन्छ । यो गाउँपालिका इतिहासमा पनि प्रसिद्ध रहेको किम्बदन्तीको भनाइ छ । प्राचीन समयमा तेनाहाङ राजाको दरबार, प्रसिद्ध धार्मिक स्थल गौखुरी धाम, मेन्छयायेम डाँडालगायत ऐतिहासिक तथा धार्मिक स्थलले यस गाउँपालिकाको परिचयलाई थप फराकिलो बनाएको छ ।

 

राज्यको पुनर्संरचनाअनुसार स्थानीय तहको नाम स्थानीय पहिचान, सांस्कृतिक, भाषिक र जातीय सभ्यताका आधारमा नामाकरण गरिएको छ । जसअनुसार यस गाउँपालिकाको नामाकरण लिम्बू धर्म, संस्कृतिका आधारमा नामाकरण गरिएको छ । किम्बदन्तीका अनुसार मेन्छयायेमलाई तीन किसिमले परिभाषित गरिएको छ । तीन किसिमकै परिभाषा मेन्छयायेम डाँडामा आधारित छ । ‘मेन्छया’ र ‘येप’ को अपभ्रंस भएर ‘मेन्छयायेम’ रहन गएको भन्ने किम्बदन्तीको भनाइ छ । मेन्छयायेम डाँडा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ, तीन जिल्लाको संगम स्थलमा अवस्थित छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यही डाँडाको अर्थका आधारमा यहाँको चली आएका धर्मरसंस्कृति र रीतिरिवाज अनुसार मेन्छयायेम रहन गएको हो । 
 

प्रशासनिक तथा राजनैतिक विभाजन अनुरूप मेन्छयायेमलाई ६ वटा वडामा विभाजन गरिएको छ । वि.सं. २०७८ को जनगणनाअनुसार यस गाउँपालिकाको कुल जनसंख्या ६६७८ छ । यस गाउँपालिकामा लिम्बू जातिको बाहुल्यता रहेको छ । लिम्बू जातिको अलवा यहाँ ब्राह्मण, क्षेत्री, राई, गुरूङ, भुजेल, शेर्पा, तामाङ, कामी, दमाइलगायत जाति जनजातिको बसोबास तथा छुट्टाछुट्टै भाषा र संस्कृति छ । गाउँपालिका विभिन्न किसिमका धर्म र संस्कृति मान्ने जातजाति र भाषा भाषीको संगम स्थल पनि हो । विभिन्न जनजातिहरूको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस गाउँपालिकाले विशिष्ट महत्व बोकेको छ ।


भौगोलिक रूपमा दुर्गम भएतापनि भौगोलिक विविधता, प्रशस्त पानीको स्रोत, घना जंगल, चरण क्षेत्र, मलिला बेसीका कारण कृषि, पशु र पर्यटनको प्रशस्त सम्भावना बोकेको मेन्छयायेम गाउँपालिका यिनै सम्भाव्यताको व्यावसायिकीकरण गर्दै समृद्ध हुने सम्भावना रहेको देखिन्छ ।

 

१. मेन्छयायेम गाउँपालिकाको भौगोलिक स्थिति
नेपालको मानचित्रमा मेन्छयायेम गाउँपालिकाको फैलाबट २७.२२ उत्तरी अक्षांश र ८७.५१ पूर्वी देशान्तरमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा फेदाप गाउँपालिका, पश्चिममा म्याङलुङ, उत्तरमा ताप्लेजुङको मैवाखोला गाउँपालिका र संखुवासभाको मादी र चैनपुर नगरपालिका तथा दक्षिणमा फेदाप गाउँपालिकासँग सिमाना जोडिएको छ । पहाडी र उच्च पहाडी भू–भागमा फैलिएको यो गाउँपालिका समुन्द्र सतहबाट १,६५२ मिटर (मोराहाङ्ग बजार) देखि २,९०० मिटर (मेन्छयायेम डाँडा) सम्म फैलिएर रहेको छ । यस गाउँपालिकाको कूल क्षेत्रफल ७,००९ हे. (७०.०९ वर्ग किलोमिटर) मध्ये भू–उपयोगको दृष्टिकोणमा कृषियोग्य क्षेत्रफल ५०,००८ रोपनी, वनजंगलले ढाकेको भू–भाग १,७४९.५९ हेक्टर, सामुदायिक वनले ढाकेको क्षेत्रफल १०.९६ हे., कवुलियती वनले ढाकेको क्षेत्रफल २५ हे., राष्ट्रिय वन क्षेत्र ११.४१ हेक्टर, चरन क्षेत्र २३० हेक्टर, सामूदायिक गौचरण चौरको क्षेत्रफल २३.६ रोपनी, घाँसे मैदान २.५ हे., सिंचित क्षेत्रफल २२३८ हे., असिंचित हुने १६२ हे., आंशिक सिंचाई हुने ५२ हे. रहेको छ ।

 

 २. मेन्छयायेम गाउँपालिकाको हावापानी तथा जलवायु
साधारणतया यस गाउँपालिकाको हावापानी उपोष्ण किसिमको पाइन्छ । यस गाउँपालिकाको अधिकतम तापक्रम २६.१ डिग्री सेल्सियस र न्यूनतम १२.३ डिग्री सेल्सियस मापन गरिएको पाईने यस गाउँपालिकामा बार्षिक कुल औसत बर्षा २०९० मि.मि. सम्मको मापन रहेको छ ।

 

३. मुख्य खोलाहरू 
यस गाउँपालिकामा खोरूङ्गा, इवा, ताङमाया, सदुवा खोला रहेका छन् । 

 

४. वन सम्पदा
मेन्छयायेम गाउँपालिका वन सम्पदाको दृष्टिकोणले पनि धेरै धनि मानिन्छ । यस गाउँपालिकामा निजी, सामुदायिक, सरकारी र कबुलियत वनहरू रहेका छन् । गाउँपालिकामा २२ सामूदायिक वन रहेको छ जसले ६५८ घरधुरीलाई प्रत्यक्ष फाईदा पुऱ्याएको छ । जसले १२,६९३ लाई प्रत्यक्ष लाभान्वित पुऱ्याएको छ । यस गाउँपालिकाको हावापानी र भौगोलिक विविधताका कारण पनि यहाँको वन र वनसम्पदामा विविधता पाइन्छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.