Miklajung Rural Municipality Home / Directory
Miklajung Rural Municipality
Madhumalla, Morang
Government
Office Info
Address Madhumalla, Morang
Email 2 ito.miklajungrmun@gmail.com

मोरङको मिक्लाजुङ गाउँपालिका जिल्लाको उत्तरपूर्वी भागमा पर्दछ । यसको पूर्वतर्फ ईलाम र झापा जिल्ला, पस्चिमतर्फ लेटांग नगरपालिका, उत्तरतर्फ धनकुटा र पाँचथर जिल्ला र दक्षिणतर्फ उर्लाबारी नगरपालिका रहेको छ। यो गाउँपालिका रमितेखोला र टांडी गाविसका सबै वडा तथा जाते र मधुमल्ला गाविसका केहि वडाहरु मिलाएर वि.स. २०७३ सालमा पुननिर्माण गरिएको हो । गाउँपालिका निर्माणका क्रममा साबिकको रमितेखोला गाविसलाई यसको वडा नं १, टांडी गाबिसका १,६ र ७ नं. वडालाई यसको वडा नं. २ बनाइएको छ । येसैगरी टांडीका वडा नं. २, ८ र ९ लाई यसको वडा नं. ३ तथा टांडीका वडा नं. ३, ४ र ५ लाई यसको वडा नं. ४ कायम गरिएको छ । नया संरचनामा जाँते गाविसको वडा नं. ३ र ४ लाई यसको वडा नं. ५ तथा मधुमल्ला गाविसका ४ र ५ नं. वडालाई यसको वडा नं. ६ बनाईएको हो । यसैगरि मधुमल्ला गाविसका वडा नं. २ लाई यसको वडा नं. ७ , वडा नं. ३ लाई ८ तथा १ र ६ लाई वडा नं. ९ कायम गरिएको छ । यसरी उत्तरपूर्वी मोरङका यी चारवटा गाविसलाई मिलाएर  मिक्लाजुङ गाउँपालिका बनाईएको छ । यस गाउँपालिकाको नाम भने गाउँपालिकाको उत्तरमा रहेको मोरङको सबैभन्दा अग्लो पहाड मिक्लाजुङको नामका आधारमा राखिएको हो। यस गाउपालिकाको कूल जनसंख्या वि.स. २०७८ सालको जनगणना अनुसार ३३१६७ जना रहेको छ,जसमा १७२७९ जना महिला र १५८८८ जना पुरुष छन । मिक्लाजुङको घरपरिवार संख्या भने ८३०९ जना छ । वडागत आधारमा सबैभन्दा बढी जनसङ्या भएको वडा  वडा नं. ६ हो जसमा ६२०२ जनसङ्ख्या रहेको छ र सबैभन्दा कम जनसङ्ख्या भएको वडा वडा नं. ५ हो जसमा १६३९ जनसङ्ख्या रहेको छ । मिक्लाजुङ मोरङको ज्यादा पहाड भएको गाउँपालिका हो । मिक्लाजुङ गाउँपालिकाको क्षेत्रफल १५८.९८ वर्ग कि.मी. रहेको छ जसमा कृषियोग्य  जमिन २६२० हेक्टर छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.