Ministry of Agriculture, Forest and Environment Home / Directory
Ministry of Agriculture, Forest and Environment
Singhdurbar, Kathmandu
Government
Office Info
Address Singhdurbar, Kathmandu
Website moald.gov.np
Email 1 gunaso@moald.gov.np

नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालयको आधिकारिक वेबसाइटमा स्वागत छ।

 

देशको कुल जनसङ्ख्याको करिब आधा जनसङ्ख्या (५०.१ %) कृषि पेशामा संलग्न रहनु र कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एक चौथाई (२५.१६ %) रहेकोले कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिन सकिन्छ। कृषि विकास सम्बन्धी नीति तर्जुमा एवम् कार्यान्वयन गर्ने मूल उद्देश्य बोकेको यस मन्त्रालयको लक्ष्य व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवम् दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्याउनु रहेको छ र कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित सम्पूर्ण कार्य यस मन्त्रालयले गर्दै आएको छ।

 

दीर्घकालीन सोच: निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी दिगो कृषि विकासको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउनु

 

लक्ष्य: व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवम् दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्याउनु

 

उद्देश्य:

  • कृषि उत्पादन एवम् उत्पादकत्व बढाउने,
  • व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरुको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने,
  • प्राकृतिक स्रोत, वातावरण­­ र जैविक विविधताको संरक्षण, सम्बर्द्धन एवम् सदुपयोग गर्ने।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.