Directory Home / Directory
Ministry of Industry, Tourism, Forest and Environment, Karnali
Birendranagar, Surkhet
Government
Office Info
Address Birendranagar, Surkhet
Phone
Not available

प्रदेशलाई औद्योगिकरणतर्फ उन्मुख गराई औद्योगिक विकास गर्न आवश्यक नीति, ऐन, नियम तर्जुमा गर्दै औद्योगिक क्षेत्रमा निजि, स्वदेशी, तथा विदेशी लगानी आकर्षित गर्नको लागि औद्योगिक पूर्वाधारको निर्माण गर्दै लैजाने, मौजुदा पूर्वाधारको उपयोग गर्ने, कच्चा पदार्थको प्रसोधन गरि निर्यात जन्य पदार्थको उत्पादन गरि निर्यात गर्ने, लघु, घरेलु, तथा साना उद्योगहरुको मध्यम बाट गरिबी न्युनिकरण गरी प्रादेशिक अर्थतन्त्रलाई सबल बनाउदै, वाणिज्य क्षेत्रलाइ सबल तुल्याउदै आन्तरिक, अन्तर प्रादेशिक तथा बाह्य ब्यापारको सहजीकरण, प्रवर्दन र नियमन गर्दै, कर्णाली प्रदेशमा रहेको मुर्त तथा अमुर्त सास्कृतिक तथा धार्मिक र प्राकृतिक सम्पदाहरुको संरक्षण र विकास गर्दै प्रदेशको आर्थिक विकासको प्रमुख आधारको रुपमा रहेको पर्यटन क्षेत्रको माध्यमबाट रोजगारीको सृजना, आर्थिक क्रियाकलापमा वृद्धि र समग्र प्रादेशिक आर्थिक विकास र समुन्नतीमा टेवा पुर्याउदै, वन, वातावरण तथा जलाधार क्षेत्रको संक्षणको माध्यमबाट खेतीयोग्य भूमिको संरक्षण र उत्पादकत्वमा वृद्धि, पानीमुहान, बन्यजन्तु र जैविक बिबिधताको संरक्षण र वातावरणीय स्वच्छता कायम राख्दै स्रोतको दिगो उपयोग मार्फत अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यका साथ यो मन्त्रालयको स्थापना मिति २०७४/११/०३ गते भएको हो ।

 

कार्यक्षेत्र :

कर्णाली प्रदेशको

  • वन
  • वाताबरण
  • जैविक बिबिधता
  • उधोग
  • पर्यटन
  • वाणिज्य

 

हालसम्मको प्रगती विवरण:

१.मन्त्रालय स्थापना र माननीय मन्त्रिज्युको पदबहाली :-

मिति २०७४/११/०३ गते यस मन्त्रालयको औपचारिक स्थापना भएपश्चात माननीय मन्त्रि

श्री नन्दसिं बुढा ज्युको पदबहाली भइ कार्य प्रारम्भ गर्नुभएको ।

 

२. मन्त्रालयको भौतिक तथा मानवीय स्रोत ब्यबस्थापन:-

यस मन्त्रालयको स्थापना भैसके पश्चात हालसम्म मन्त्रालयको अस्थायी भवन, फर्निचर लगायतका न्युनतम भौतिक तथा मानवीय श्रोत साधनको ब्यबस्थापन भैरहेको साथै यस मन्त्रालयको लागि ४५ जनाको स्वीकृत दरबन्दी रहेकोमा हालसम्म बिभिन्न तह, सेवा र श्रेणीका २७ जना कर्मचारी हाजिर भई मन्त्रालयको कार्य संचालन भै रहेको ।

 

३. नीति तथा कार्यक्रम र बजेट निर्माण :-

आ.व. २०७५/०७६ को लागि यस मन्त्रालय संग सम्बन्धित रहेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरि मन्त्रिपरिषदमा पेश भइ संसदमा छलफल पश्चात संसदबाट स्वीकृत भई सकेको छ ।

 

४. माहाशाखाहरुको कार्य विवरण तयारी :

मन्त्रालयका महाशाखा र अन्तर्गतका शाखाहरुको कार्य विवरण तयारि भइ सोहि बमोजिम कार्य सम्पादन भै रहेको ।

 

५. कानुन मस्यौदा निर्माणको लागि सैदान्तिक सहमतिको लागि प्रस्ताव पेश :

यस मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतको विषयमा कानुन निर्माण गर्नपर्ने हुदाँ, वाताबरण संरक्षण ऐन, उद्योग ऐन, पर्यटन ऐन र वन ऐनको मस्यौदा निर्माणको लागि सैदान्तिक सहमति कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालय बाट प्राप्त भई कानुन निर्माण प्रकृया अगाडी बढेको ।

 

६. अवधारणा पत्र तयार :-

“कर्णाली रारा पर्यटन वर्ष २०७५”को कार्यक्रमको लागि आवधारणा पत्र (प्रस्ताव पत्र) तयार गरि मुख्यमन्त्रीको कार्यालय मार्फत मन्त्रिपरिषद्मा पेश भइ पारित भएको ।

 

७. कर्णाली रारा पर्यटन वर्ष २०७५को शुभारम्भ :-

मिति २०७४/११/०६ गते बसेको यस कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद बैठकबाट वर्ष २०७५ लाइ कर्णाली रारा पर्यटन वर्ष मनाउने निर्णय भएको र यस मन्त्रालयलाइ जिम्मेवार मन्त्रालयको रुपमा तोकिएको र मिति २०७४/११/२६ गते बसेको मन्त्रिपरिषद बैठ”कबाट मिति २०७५/०१/०१ गतेको पर्यटन वर्ष शुभारम्भ कार्यक्रम आयोजनाको लागि माननीय मुख्यमंत्री ज्युको संयोजकत्वमा समिति गठन भइ यस मन्त्रालयलाइ पर्यटन महोत्सब ब्यबस्थापनको जिम्मेवारी प्रदान गरियकोमा, कर्णाली रारा पर्यटन वर्ष कार्यक्रम मिति २०७५/०१/०१ गते यस प्रदेशको मुगु जिल्लाको राराबाट सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्युवाट शुभारम्भ भएसंगै उक्त कार्य सफलता पुर्वक सम्पन्न भएको । साथै वर्ष २०७५ भरि विभिन्न कार्यक्रम गरि मनाउनको लागि यस मन्त्रालयलाई जिम्मेवारी तोकिएकोमा विभिन्न कार्यक्रम निर्माण र संचालनको लागि सुरुवात भएको ।

 

८. स्वेत पत्र तयारी र प्रकाशन :-

यस मन्त्रालयको स्वेत पत्र तयार गरि सम्बन्धीत निकायमा पठाइ सकिएको ।

 

. मन्त्रालयगत निर्णय :-

९.१. माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रिज्युको अध्यक्षतामा ३ पटक बैठक बसी अत्यावश्यक बिषयमा मन्त्रालयगत ८ वटा निर्णय भएको ।

९.२. उद्योग, पर्यटन, वन तथा वातावरण सचिबज्युको अध्यक्षतामा २ पटक बैठक बसी अत्यावश्यक बिषयमा मन्त्रालयगत ७ वटा निर्णय भएको ।

 

१० दिवस/समारोह :-

जैविक बिबिधता दिवसका २५ वर्ष : पृथ्वीमा सुरक्षित जीवनको सुनिश्चितताभन्ने मूल नाराका साथ २५ औ अन्तराष्ट्रिय जैविक बिबिधता दिवस कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय श्री दुर्गा केशर खनाल ज्युको प्रमुख अतिथ्यतामा केन्द्रिय वन तथा वातावरण मन्त्रालयसंगको सहकार्यमा धुलियाबिट देखि मंगलगढ़ी जोड्ने सडक खण्डमा वृक्षारोपण गरि मनाइएको ।

 

११. कार्यक्रम कार्यान्वयन कार्यविधी तयारी :आ व २०७४।०७५ को वाकि अवधीको लागी स्विकृत भएको कार्यक्रम कार्यन्वयनको लागि कार्यक्रम कार्यान्वयन कार्यविधी तयार गर्नको लागि समिति निर्माण भइ कार्यविधि तयार भैरहेको ।

 

१२. अन्य काम :

१२.१. यस मंत्रालय अन्तर्गत बिषयगत सरोकारवाला बाट २०७४ माघ मसान्त सम्म प्रगति विवरण प्राप्त भई प्रगति संकलन अध्यन र तथ्यांक ब्यबस्थित गर्न सुरु भएको ।

१२.२. मिति २०७४/१२/०२ गते यस उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश र MEDEP संस्थाको संयुक्त आयोजनामा कर्णाली बिकाश अन्तरक्रीया कार्यक्रम हिमालयन होटेल काठमाण्डौमा सम्पन्न भएको । यसै संग सम्बन्धित सरोकारवालाको थप ३ वटा बैठक सम्पन्न भएको ।

१२.३. रोजगारी तथा जडिबुटी बिकासमा आधारित रही वन तथा वातावरण मन्त्रालयको I-MAP कार्यक्रम र जर्मन विकास नियोग (GIZ) संग अन्तरक्रिया मिति २०७४/११/०६ गते सम्पन्न भएको, साथै यसी संग सम्बन्धित जतिबुती ब्यबसायी संघ र Herbal Industry Nepalgunj, Banke, संग कर्णालीको जडिबुटी बिकास र रोजगारी सृजनाबारे अन्तरर्क्रिया तथा नेपाल सरकारको रु. १ करोडमा अनुदानमा निर्माणाधीन जडिबुटी भण्डारण गृहको अवलोकन तथा सम्भाव्यता अध्ययन भएको ।

१२.४. माननीय मन्त्रिज्युको कार्यकक्ष ब्यबस्थापनको लागि भवन तथा सहरी बिकास डिभिजन कार्यालय संग सहकार्य गरि दरभाउ पत्र मार्फत कार्य आरम्भ भइ सकेको ।

 

 


 

Other ministries under Karnali Province

  1. Office of the Chief Minister and Council of Ministers, Karnali
  2. Ministry of Social Development, Karnali
  3. Ministry of Land Management, Agriculture & Co-operative, Karnali
  4. Ministry of Economic Affairs and Planning, Karnali
  5. Ministry of Physical Infrastructure and Urban Development, Karnali
  6. Ministry of Water Resource and Energy Development, Karnali
  7. Ministry of Internal Affairs and Law, Karnali

 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.