कर्णाली बोल्नासाथ हाम्रो जनजिव्रोमा झुण्डिएको र कर्णालीवासीले मन पराएको "कर्नाली" लार्इ सम्झन्छौ, मनन गर्छौ र एक पटक पुगेर अनुभव गर्छौ भन्ने जो सुकैको मनमा लाग्न सक्छ । कर्णाली एउटा सभ्यता हो । ठूला ठूला शहरहरको मानव सभ्यताको विकास नदी संग जोडीएको हुन्छ । एथेन्स वा मेसोपोटोमिया किन नहोस् वा रोमन सभ्यता नै किन नहोस् हामी नदी संग जोडीन्छौ । यस्तै नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदी संग जोडीएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृति संग जोडीएको छ । हिजोको कर्णाली देख्ने पुर्खाहरूले यहाँका कालीकोट, जुम्ला, मुगु र डोल्पामा गाडी गुडीसकेको देखेका छन् ।
कर्णाली के चाहान्छ ?
कर्णाली प्रदेशको एकमात्र लक्ष्य भनेको विकास, पूर्वाधार र परिवर्तन हो । कर्णाली मुलुक समृद्धिको मुहान बन्न चाहान्छ । कर्णालीको समृद्धिमा जल, जमिन, पर्यटन, जडीबुडी, भेषभूषा, भाषा संस्कृति मुख्य केन्द्र बिन्दु हुन ।
कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो, जहाँ सम्भावनाले अवसर दिएको छ । रोजगारी दिएको छ । बाँच्ने आधार दिएको छ । लगानीका अभावमा कर्णालीका थुप्रै सम्भावनाले टुलु टुलु हेरिरहेका छन । यस अर्थमा हेर्दा अब कर्णालीमा आएर दु:खका गीत होइन समृद्धिका गीत लेख्न बाध्य बनाउने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो । जस्तो एक मात्र उदाहरण दिउँ कर्णालीलार्इ जल विद्युत उत्पादनको क्षेत्रका रूपमा विकास गर्न सकिने थुप्रै आधार छन । कर्णाली हुम्ला हुँदै बग्ने हुम्ला कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने तीला नदीको पानीको उपयोग गरेर विद्युत हवको रूपमा विकास गर्न सकिने आधार छन । त्यस्तै कर्णालीको पर्यटन सम्भावनामा मात्रै लगानी गरे समृद्धि कुर्ने नपर्ने स्थिति आउछ ।
कर्णाली प्रदेशमा पर्ने जिल्लाहरू
१) रूकुम (पश्चिम भाग)
२) सल्यान
३) डोल्पा
४) जुम्ला
५) मुगु
६) हुम्ला
७) कालीकोट
८) जाजरकोट
९) दैलेख
१०) सुर्खेत
प्रदेशमा रहने मन्त्रालयहरुको सामान्य जानकारी:
१. मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
प्रदेशमुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रिपरिषद, प्रदेश भित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन, सञ्चार, भ्रष्टाचार नियन्त्रण र संघ र स्थानीय तहसंगको सम्पर्क र समन्वय
२. आन्तरिक मामिला तथा कानून मन्त्रालय
शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्यूरो, विपद् व्यवस्थापन, द्वन्द व्यवस्थापन, कानून, प्रदेश सभा मामिला
३. आर्थिक मामिला तथा योजना मन्त्रालय
अर्थ, योजना तथा बजेट, वित्तीय संस्थाहरु र तथ्याङ्क
४ .भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय
सडक, खानेपानी र यातायात
५. सामाजिक विकास मन्त्रालय
शिक्षा, स्वास्थ्य, सरसफाई, महिला, युवा तथा खेलकूद, सामाजिक सुरक्षा, भाषा, संस्कृति र श्रम तथा रोजगार
६. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
उद्योग, वाणिज्य, आपूर्ति, पर्यटन,वन, विज्ञान, वातावरण र जलवायु
७. भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
भूमि व्यवस्थापन, गुठी व्यवस्थापन, कृषि, पशुपंक्षी, सहकारी र गरिवी निवारण
८. जलस्रोत तथा उर्जा विकास मन्त्रालय
जलस्रोत, सिँचाई र उर्जा
Other ministries under Karnali Province
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.