Ministry of Physical Infrastructure Development, Koshi Home / Directory
Ministry of Physical Infrastructure Development, Koshi
Government
Office Info
Address Not available

नेपालको संविधानले परिकल्पना गरे अनुसारको संघीय संरचनाको कार्यान्वयनको सन्दर्भमा नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिका सम्बन्धी भएको व्यवस्था बमोजिम मिति २०७४/११/०३ मा विभिन्न ७ वटा मन्त्रालयसहित कोशी प्रदेश (साविकको प्रदेश नं. १) को मन्त्रिपरिषद्को गठन भएकोमा मिति २०७८/१०/२३ मा साविकको भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन भई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको स्थापना भएको हो । मिति २०७९/११/१७ मा प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार यस मन्त्रालयको नाम परिवर्तन गरी पुन: भौतिक पूर्वाधार विकास मन्त्रालय कायम भएको हो ।

 

भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश सरकारको एक प्रमुख मन्त्रालयको रुपमा रहेको छ । यस मन्त्रालय स्थापनाको उद्देश्य प्रदेशमा आवश्यक भौतिक पूर्वाधारहरूको विकास र निर्माण गर्न मद्दत पुर्याउनु हो।यस मन्त्रालय अन्तर्गत २ (दुई) वटा प्रमुख पुर्वाधारका क्षेत्रहरु पर्दछन्:

  • सडक पूर्वाधार क्षेत्रः यस अन्तर्गत संघ र स्थानीय तहको कार्य क्षेत्र बाहेक कोशी प्रदेश भित्रका प्रादेशिक लोकमार्ग, प्रादेशिक सहायक लोकमार्ग र प्रादेशिक मार्ग पर्दछन् । यी सडकहरुमा पर्ने नदी तथा खोलामा सडक पुल, झोलुङ्गे पुल स्तरोन्नति तथा मर्मत सम्भार समेत यस क्षेत्र अन्तर्गत पर्दछ ।
  • आवास, भवन तथा शहरी विकास क्षेत्रः यस अन्तर्गत सरकारी भवनहरु, विशेष समुदाय लक्षित आभाव कार्यक्रम र ग्रामीण तथा शहरी पूर्वाधार निर्माण तथा मर्मत संभार आदि कार्य पर्दछ ।

 

यस मन्त्रालयको मुख्य भूमिकामा सडक, सडक पुल, झोलुङ्गे पुल, भवन तथा शहरी विकास लगायतका भौतिक पूर्वाधारहरुको विकास सम्बन्धी योजना, नीति तथा कार्यक्रम तयार गर्ने र यसको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन जस्ता कार्य गर्नु रहेको छ ।

 

यस मन्त्रालयले कोशी प्रदेशमा दिगो विकासका लागि भौतिक पूर्वाधारहरूको तोकिएको बजेट, समय र गुणस्तरीय निर्माण कार्यमा ध्यान दिएको छ । यसले गर्दा समग्र प्रदेशको आर्थिक र सामाजिक विकासमा योगदान पुगेको छ ।

 

यस मन्त्रालय अन्तर्गतका निकायहरु र सोको कार्यक्षेत्रः

क्र.सं.

निकाय

कार्यक्षेत्र

यातायात पूर्वाधार निर्देशनालय, इटहरी

कोशी प्रदेश

ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्यन इकाई, विराटनगर

कोशी प्रदेश

पूर्वाधार विकास कार्यालय, मोरङ

मोरङ, सुनसरी

पूर्वाधार विकास कार्यालय, झापा

झापा, ईलाम

पूर्वाधार विकास कार्यालय, उदयपुर

उदयपुर, खोटाङ

पूर्वाधार विकास कार्यालय, ओखलढुंगा

ओखलढुंगा, सोलुखुम्बु

पूर्वाधार विकास कार्यालय, भोजपुर

भोजपुर, धनकुटा

पूर्वाधार विकास कार्यालय, संखुवासभा

संखुवासभा, तेह्रथुम

पूर्वाधार विकास कार्यालय, पाँचथर

पाँचथर, ताप्लेजुङ

१०

शहरी विकास तथा भवन कार्यालय, मोरङ

मोरङ, सुनसरी, उदयपुर

११

शहरी विकास तथा भवन कार्यालय, धनकुटा

धनकुटा, भोजपुर, संखुवासभा, तेह्थुम

१२

शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगा

ओखलढुंगा, खोटाङ, सोलुखुम्बु

१३

शहरी विकास तथा भवन कार्यालय, इलाम

झापा, ईलाम, पाँचथर, ताप्लेजुङ

 

 


 

Other ministries under Koshi Province

  1. Office of the Chief Minister and Council of Ministers, Koshi
  2. Ministry of Health, Koshi
  3. Ministry of Industry, Agriculture and Cooperatives, Koshi
  4. Ministry of Tourism, Forests and Environment, Koshi
  5. Ministry of Internal Affairs and Law, Koshi
  6. Ministry of Water Supply, Irrigation and Energy, Koshi
  7. Ministry of Social Development, Koshi
  8. Ministry of Economic Affairs and Planning, Koshi

Linked Organizations

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.