Directory Home / Directory
Ministry of Social Development, Karnali
Birendranagar, Surkhet
Government
Office Info
Address Birendranagar, Surkhet
Email 2 mosd@karnali.gov.np

नेपाल सरकारको मिति २०७४।१०।१० को निर्णय अनुसार ७ वटा कार्यक्षेत्र समेटने गरी स्थापना भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय साविक जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको भवनमा मिति २०७४।११।२ गते स्थापना भई संचालनमा रहेको छ । यस मन्त्रालयको विभागीय मन्त्रीको रुपमा माननीय मन्त्री दल रावलले मिति २०७४।११।६ मा पद वहाल गरी कार्य आरबम्भ गर्नु भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७४।१०।१० को निर्णय अनुसार यस मन्त्रालयमा श्रेणी विहिन कर्मचारी बाहेक जम्मा ३१ जनाको अस्थायी दरवन्दी स्वीकृत भई प्रदेश सचिव (रा.प.प्रथम) श्री गिरिजा शर्माको नेतृत्वमा ३ महाशाखा र १० शाखा रहेको मन्त्रालयको संगठन संरचना अनुसार कर्मचारीहरु हाजिर भै मन्त्रालयको कार्य संचालन सुचारु भएको छ ।

 

कर्णाली प्रदेश सरकारको मिति २०७४।११।६ को निर्णयानुसार स्वीकृत कर्णाली प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयको ५८ वटा कार्यजिम्मेवारीहरु रहेको छ । यस मन्त्रालयको कार्यक्षेत्र भित्र १० जिल्ला, ७९ स्थानीय तह, २५ नगरपालिका र ५४ गाँउपालिका रहेका छन ।

 

सामाजिक विकास मन्त्रालयका कार्यक्षेत्रहरु

१. शिक्षा

२. स्वास्थ्य तथा जनसंख्या

३. सरसफाई

४. महिला, बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा 

 ५. युवा तथा खेलकुद

६. भाषा, धर्म तथा संस्कृति

७. श्रम तथा रोजगार

 

कर्णाली प्रदेश सरकारको मिति २०७४।११।६ को निर्णयानुसार स्वीकृत कर्णाली प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयको ५८ कार्य जिम्मेवारीहरु तपसिल अनुसार रहेको छ ।

 

सामाजिक विकास मन्त्रालयको कार्यजिम्मेवारी

१. प्रदेश स्तरको विश्वविद्यालय तथा उच्चशिक्षा सम्वन्धी नीति, कानुन तथा माप दण्ड तर्जुमा, कार्यान्वयन र नियमन

२. शैक्षिक परामर्श सेवाको माप दण्ड निर्धारण, अनुमति तथा नियमन

३. प्रदेश स्तरमा पुस्तकालय, संग्रहालय, अभिलेखालय सम्वन्धी नीति, कानुन तथा माप दण्ड तर्जुमा, कार्यान्वयन र नियमन

४. प्रादेशिक शिक्षा, प्राविधिक तथा व्यवसायिक तालिम र छात्रवृत्ति सम्वन्धी नीति, कानुन तथा माप दण्ड निर्धारण, कार्यान्वयन र नियमनत थापाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्य सामाग्री निर्माण, उत्पादन र वितरण

५. प्रदेश स्तरको मानव संसाधनको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण र कार्यान्वयन

६. प्रदेश स्तरमा विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता, क्षमता र शिक्षक व्यवस्थापनको माप दण्ड निर्धारण र नियमन

७. माध्यमिक तहको परीक्षा व्यवस्थापन

८. प्रदेश स्तरमा प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्याङ्क व्यवस्थापन

९. स्वास्थ्य सेवा तथा पोषण सम्बन्धी प्रादेशिक नीति, कानुन, माप दण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन

१०. प्रदेश स्तरमा आवश्यक पर्ने प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुर्नस्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन

११. स्वास्थ्य सेवा सम्वन्धी प्रदेश स्तरीय प्राज्ञिक, व्यवसायिक र पेसागत संघसंस्थाको दर्ता, सञ्चालनअनुमति र नियमन

१२. प्रदेश स्तरीय स्वास्थ्य सेवाको गुणस्तर निर्धारण, अनुगमन र नियमन

१३. राष्ट्रिय माप दण्ड बमोजिम औषधी जन्य तथा स्वास्थ्य प्रविधि सम्वन्धी सामग्रीको उत्पादन तथा संचय, अधिकतम खुद्रा मूल्य निर्धारण, अन्तिम बिसर्जन, गुणस्तर तथा माप दण्ड निर्धारण र त्यस्ता सामग्री उत्पादन गर्ने उद्योगको दर्ता, सञ्चालन, अनुमति र नियमन

१४. राष्ट्रिय माप दण्ड अनुरुप अस्पताल, नर्सिङ्गहोम, निदान केन्द्र, उपचार केन्द्र र अन्य स्वास्थ्य संस्था तथा प्रयोगशाला को दर्ता, सञ्चालन, अनुमति र नियमन

१५. खानेपानी, ध्वनि र हावाको गुणस्तर अनुगमन तथा लेखाजोखाको ढाँचा निर्माण एवं गुणस्तरको माप दण्ड निर्धारण र कार्यान्वयन

१६. राष्ट्रिय माप दण्ड बमोजिम स्वास्थ्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको व्यवस्थापन तथा नियमन

१७. प्रदेश स्तरीय स्वास्थ्य क्षेत्रको मानव स्रोत विकास र व्यवस्थापन

१८. औषधी निगरानी (Pharmacovigilance), औषधिको उचित प्रयोग र सुक्ष्म जीवनिरोधक प्रतिरोध(Antimicrobial Resistance)न्युनीकरण

१९. खोप र परिवार नियोजन

२०. संवेदनशील औषधी तथा अन्य स्वास्थ्य सामग्री खरिद तथा आपूर्ति व्यवस्थापन

२१. प्रदेश स्तरमा स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान तथा सूचना प्रणाली, स्वास्थ्य लेखा पद्धतिको संस्थागत व्यवस्थापन, सूचना प्रवाह

२२. प्रदेश स्तरीय जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स) व्यवस्थापन

२३. सूर्ति, मदिरा र लागु पदार्थ जन्य वस्तुकोमा पदण्ड, नियन्त्रण तथा नियमन

२४. स्वास्थ्य क्षेत्रमा आपत्कालीन अवस्था, विपद्र महामारी व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवाप्रवाह, आपतकालीन अवस्थाका लागि औषधी तथा औषधी जन्य सामग्रीको प्रादेशिक बफर स्टक व्यवस्थापन

२५. सरूवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम

२६. राष्ट्रिय माप दण्ड अनुरुप स्वास्थ्य सेवा सम्वन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन

२७. स्वास्थ्य जन्य फोहोर व्यवस्थापन सम्वन्धी माप दण्ड निर्धारण, कार्यान्वयन र नियमन

२८. आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका अन्य प्रचलित परम्परा गत स्वास्थ्य उपचार सेवा सम्वन्धी प्रदेश स्तरीय माप दण्ड निर्धारण, कार्यान्वयन, अनुगमन र नियमन

२९. प्रदेश स्तरको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी प्रदेशिक नीति, कानून तथा माप दण्ड तर्जुमा र कार्यान्वयन, सेवाको शुल्क निर्धारण, योजना, आयोजना कार्यान्वयन तथा सञ्चालन, संभार र नियमन

३०. खानेपानी तथा सरसफाइ सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता प्रवर्द्धन सम्बन्धी नीति तथा माप दण्ड तर्जुमा, कार्यान्वयन र नियमन

३१. सर्व साधारणलाइ स्वच्छ खानेपानीको उपलब्धता र खानेपानी, सरसफाइ तथा स्वच्छतामा पिछडीएका वर्गको पहुँच सुनिश्चितता

३२. जनसंख्या, बसाइ सराइ र परिवार नियोजन सम्बन्धी प्रादेशिक नीति, कानुन तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन तथा अनुसन्धान, सूचना प्रणालीको स्थापना र सञ्चालन, क्षमता अभिवृद्धि र राष्ट्रिय संस्थाहरु सँगको सम्पर्क र समन्वय

३३. महिला हक सम्बन्धी प्रादेशिक नीति, कानून, माप दण्डत थायोजना तर्जुमा, कार्यान्वयन र नियमन

३४. लैङ्गिकहिंसा, मानव बेचबिखन तथा ओसार पसार सम्वन्धी नीति तथा कार्ययोजना तर्जुमा र कार्यान्वयन तथा अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनस्थापन

३५. महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धी अध्ययन, अनुसन्धान

३६. लैंगिक उत्तरदायी वजेट र लैङ्गिक परिक्षण

३७. बालबालिकाको हक हित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, माप दण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रवन्ध र सेवा प्रवाह, बाल उद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनर्स्थापना

३८. प्रदेश स्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त, बालबालिकाका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन

३९. समाज कल्याण र संघसस्था सम्वन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन

४०. युवा सम्बन्धी प्रादेशिक नीति, कानुन तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, युवा वैज्ञानिक प्रोत्साहन

४१. खेलकूद सम्वन्धी प्रादेशिक नीति, कानुन तथा माप दण्ड निर्धारण, कार्यान्वयन र नियमन, खेलकूद तथा खेलकूद पूर्वाधारको विकास र प्रवर्द्धन

४२. खेलकूद प्रशासन र संघसंस्थाको समन्वय र नियमन

४३. राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिता

४४. लोपोन्मुख, सीमान्तकृत, गरिब, जेष्ठनागरिक लक्षित आवास सम्बन्धी नीति, माप दण्ड तथा योजना तर्जुमा र कार्यान्वयन

४५. सामाजिक सुरक्षा सम्बन्धी प्रादेशिक नीति, कानून तथा माप दण्डको निर्माण तथा कार्यान्वयन, कोष व्यवस्थापन, नियमन, राष्ट्रिय र प्रादेशिक निकाय तथा संघसंस्था सँग सम्पर्क, समन्वय र सहकार्य

४६. प्रदेश भित्र रोजगारी प्रवर्द्धन सम्बन्धी नीति, योजना, कार्यक्रम तथा माप दण्ड तर्जुमा तथा कार्यान्वयन र स्थानीय सरकारसंग समन्वय

४७. विश्व सम्पदा सूचीमा परेका स्मारकर पुरातात्विक महत्वका स्थल सम्बन्धी

४८. भाषा, लिपिसंस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग सम्वन्धी प्रादेशिक नीति, कानुन, माप दण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन

४९. ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं कला र वास्तुकलात्मक दृष्टिकोणले महत्व बोकेका प्रादेशिक स्तरका दरवारहरुको संरक्षण, सम्भार, अध्ययन, अनुसन्धान तथा व्यवस्थापन

५०. प्रादेशिक स्तरमा संग्रहालयको स्थापना, सञ्चालन तथा व्यवस्थापन

५१. प्रदेश स्तरका पुरातात्विक महत्वका स्थल, ऐतिहासिक र धार्मिक सांस्कृतिक सम्पदा, प्राचिन स्मारक, संग्रहालय, सास्कृतिक धरोहर सम्वन्धी नीति, कानुन, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन एव संरक्षण, सम्भार, अध्ययन, अनुसन्धान, उत्खनन तथा पुनर्निर्माण

५२. धर्म, परम्परार गुठी अन्तर्गत चलि आएका विभिन्न जात्रा, पर्वहरुको सञ्चालन र व्यवस्थापन

५३. संस्कृतिको विकास सम्वन्धी नीति तथा कानुन तर्जुमा, कार्यान्वयन र नियमन

५४. रोजगार प्रवर्द्धन सम्बन्धी प्रादेशिक नीति, कानून तथा माप दण्ड तर्जुमा, कार्यान्वयन र नियमन

५५. श्रमिक एवं श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेडयुनियन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र नियमन

५६. श्रमशक्ति, श्रम बजार सम्बन्धी अध्ययन, अनुसन्धान र श्रम शक्ति योजना

५७. औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपण 

५८. कार्य स्थल सुरक्षा, कारखाना निरीक्षण तथा नियमन

 


 

Other ministries under Karnali Province

  1. Office of the Chief Minister and Council of Ministers, Karnali
  2. Ministry of Land Management, Agriculture & Co-operative, Karnali
  3. Ministry of Economic Affairs and Planning, Karnali
  4. Ministry of Physical Infrastructure and Urban Development, Karnali
  5. Ministry of Water Resource and Energy Development, Karnali
  6. Ministry of Internal Affairs and Law, Karnali
  7. Ministry of Industry, Tourism, Forest and Environment, Karnali
Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.