२०६९ साल जेठ ५ गते स्थापित यस शहरी विकास मन्त्रालयको सांगठनिक संरचनामा मन्त्री एक¸ सचिव एक¸ सहसचिव वा सो सरहका महाशाखा प्रमुख हुने ३ वटा महाशाखा र राजपत्रांकित द्वितीय श्रेणी शाखा प्रमुख हुने ११ वटा शाखाहरु¸ मन्त्री र सचिवको निजि सचिवालय १।१ गरी २ वटा रहने संगठन संरचना स्वीकृत गरिएको छ । यो मन्त्रालय कन्द्रिय तहको नीति निर्माण गर्ने निकाय हो । नेपाल सरकारको मिति २०६९/०२/०५ को निर्णयअनुसार शहरी विकास मन्त्रालयको गठन भएको हो । नेपाल सरकार (मं.प.) को मिति २०७२।०९।०९ को निर्णयानुसार पुर्नगठन पछि यस मन्त्रालयले हाल शहरी विकास, आवास, भवन निर्माण सम्बन्धी कार्यहरु सुनियजित र ब्यविस्थत गर्ने जिम्मेवारी रहेको छ ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४।१२।०१ को निर्णयानुसार पुनर्गठन भएको शहरी विकास मन्त्रालयलाई नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ ले देहायको कार्यक्षेत्र तोकेको छ ।
१. शहरी विकास सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
२. बस्ती विकास, सहरी विकास र आवास विकास सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
३. राष्ट्रिय भवन संहिता सम्बन्धी नीति, कानून, मापदण्ड
४. संघीय सचिवालयको भवन निर्माण, मर्मत तथा व्यावस्थापन
५. राष्ट्रिय सहरी पूर्वाधार विकास, संघीय सरकारी आवास, भवन निर्माण तथा मर्मत संभार
६. विशिष्ट सहरी संरचना
७. राष्ट्रियस्तरका संयुक्त र बहुतले आवास सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
८. लोपोन्मुख, सीमान्तकृत, गरिब, जेष्ठ नागरिक लक्षित आवास व्यवस्थापन नीति, कानून र मापदण्ड
९. नगर विकास कोष
१०. मन्त्रालय सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थासँग सन्धी सम्झौता सम्पर्क र समन्वय
११. मन्त्रालय सम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन
११क. राष्ट्रियस्तरको पार्क, मनोरञ्जन स्थलसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
१२. नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल इन्जिनियरिङ्ग समूहको विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहको सञ्चालन
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.