प्रदेश न. २ मा पर्ने आठ ओटा जिल्ला मध्ये तराईको सुगम सिरहा एक हो | मिर्चैयाबाट उदयपुरको कटारी हुदै ओखलढुंगा, खोटांग, सोलुखुम्बु जोड्ने मुख्य मार्ग र पूर्व पश्चिम राजमार्ग यसै नगरपालिकाको विच भू-भागबाट भएर जाने हुदाँ यो नगरपालिकाको ठुलो महत्व रहेको छ | पूर्वमा गोलबजार नगरपालिका , पश्चिममा कर्जन्हा नगरपालिका, उत्तरमा कटारी नगरपालिका र दक्षिणमा कल्याणपुर नगरपलिकाको बिचमा यो नगरपालिका साबिकका रामपुर बिर्ता, मल्हनियाखोरी, राघोपुर, रामनगर, फुलबरिया, ग. महेशपुर र सीतापुर प्र.रा. गरि ७ वटा गा.वि.स. गाभिएर २०७१ साल बैसाख २५ मा गठन भएको हो | स्थानीय तहको गठन पश्चात सिक्रोन गा.वि.स. समेत समावेश गरि बार्हैवटा वडा कायम भएको छ | ९१.९७ वर्ग किलोमिटर क्षेत्रफल भएको यस नगरपालिकामा कुल एकाघर हजारभन्दा बढी घरधुरी रहेको छन् भने यसको जनसंख्या ६०००० रहेको छ | यस नगरपालिका व्यापारिक दृस्टीकोणबाट हेर्दा पनि व्यापारिक केन्द्रको रुपमा रहेको छ भने कृषि योग्य उर्वर भुइकको कारणले पनि सम्भावना बोकेको नगरपालिकाको रुपमा रहेको छ | अतः नेपाल सरकार र प्रदेश सरकारबाट पनि पूर्ण रुपले सुचना प्रविधिका माध्यमबाट सेवादिनुपर्ने निर्देशन वितिदै छ । तर हामिले सेवादिन नसकेको अवस्था छ ।यस नगरपालिकामा विधुतियशासन (E- Governance) कायम गर्न १२ वटैवार्ड वडा कार्यालयमा ईन्टरनेटको व्यवस्था सँगै तालिम पनि आवश्यक पर्ने हुने भएकोले यस नगरपालिका अन्तर्गत रहेका कार्यालयको कर्मचारीहरु, सबै वडाका वडासचिव तथा जनप्रतिनिधिहरुलाई तालिमको लागि सुचान प्रविधि सम्बन्धि क्षमता अभिवृधि तालिमको व्यवस्था अनिवार्य रुपमा गर्नुपर्ने आवश्यक देखिन्छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.