Mugum Karmarong Rural Municipality Home / Directory
Mugum Karmarong Rural Municipality
Pulu, Mugum Karmarong RM, Mugu, Karnali
Government
Address Pulu, Mugum Karmarong RM, Mugu, Karnali
Phone 2 9851019160, 9864370974
Toll Free No. 18105000125

मुगु जिल्लाका तत्कालिन २४ गा. वि. स हरु लाइ पुनर्संरचना पश्चात जम्मा ४ वटा स्थानीय तहमा सिमित गरियको छ । जस मध्ये  १ नगरपालिका र ३ वटा गाउँपालिका रहेका छन् । मुगु जिल्ला को सदरमुकाम गमगढीको उत्तरपूर्व तिर पर्ने हाम्रो गाउँपालिका भौगोलिक हिसाबले जिल्लाको सबै भन्दा ठुलो स्थानीय तह हो । पुर्व तिर से-फोक्सुन्डो गाउँपालिका डोल्पा, पश्चिममा छाँयानाथ रारा नगरपालिका मुगु र चंखेली गाउँपालिका हुम्ला, उत्तरमा चिनको स्व-शासित क्षेत्र तिब्बत र दक्षिणमा जगदुल्ला गाउँपालिका डोल्पा र पातरासी गाउँपालिका जुम्ला रहेको मुगुम कार्मरोंग गाउँपालिकाले मुगु जिल्ला को कुल क्षेत्रफल  ३५३५ वर्ग किलो मिटर को करिब ६० प्रतिशत भू-भाग अर्थात् २१०७ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ भने २०६८ को जन गणना अनुसार  ५३९६ जनसंख्या रहेको छ । साबिक का ५ वटा गा.वि.स हरु मुगु, डोल्फु, किम्री, पुलु र मान्ग्रीलाइ समावेश गरेर बनेको मुगुम कार्मरोंग गाउँपालिकामा हाल ९ वटा वडा हरु रहेका छन र गाउँपालिका को प्रस्तावित केन्द्र पुलु,  जिल्ला सदरमुकाम बाट करीब ३५ किलो मिटर को दुरी मा छ भने गा.पा भित्रका हरेक वडाहरुलाइ दुरी को हिसाब ले  केन्द्रमा पर्नेगरि केन्द्र प्रस्ताब गरियको छ । जैविक , धार्मिक र पर्यटकीय हिसाब ले प्रगाड सम्भाबना भएको हाम्रो गाउँपालिकाको नामाकरण भने सो क्षेत्र भित्र पर्ने बिशेस गरि २ वटा भोटे समुदायलाइ जोडेर गरियको छ, उत्तरको सिमा नजिक पर्ने मुगु गाउँ लागायेत को क्षेत्र लाइ मुगुम भनिने र दक्षिण पश्चिम तिर का अरु १२ वटा गाउँहरु, स्थानीय स्तर मा १२ करान भनेर परिचित गाउँ हरुलाई समेट्ने कार्मरोंग क्षेत्र  लाइ मिलाएर मुगुम कार्मरोंग राखिएको छ ।

मुगुमकार्मारोंग गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.