Myagang Rural Municipality Home / Directory
Myagang Rural Municipality
Deurali
Government
Office Info
Address Deurali

म्यागङ गाउँपालिका बागमती प्रदेशको नुवाकोट जिल्लामा रहेको एउटा स्थानीय तह हो । साविकका बर्सुन्चेत , किम्ताङ , देउराली , बुङताङ र सामरी गाविस मिलेर बनेको म्यागङ गाउँपालिकाको क्षेत्रफल ९७.८३ वर्ग किमि र जनसंख्या १३४७९ (२०६८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं. वडाको चिउरिभञ्ज्याङमा रहेको छ ।

केही बेशी भुभाग समुन्द्र सतह बाट ३००० फिट देखी उच्च पहाडी भुभाग १२००० फिट सम्मको उचाई मा रहेको यहाँ समसितोष्ण र लेकाली हावापानी पनि पाईन्छ । तामाङ जातिको वाहुल्यता भएको यस गा.पा.मा व्राम्हण ,क्षेत्री नेवार ,घले ,गुरुङ, विश्वकर्मा ,मगर ,दर्जी आदि जात जाती हरुको बसोबास रहको छ । यहाँको यातायातमा मध्य पहाडी लोकमार्गले वडा नं.५ र ६ बाट धादिङको नेत्रावती गा.पा.हुदै गएको छ । साथै ग्रामीण सडक हात्तीगौडा भैरमकोट देउराली मेघाङ हुँदै किम्ताङ बाट धादिङको खनियाबास गा.पा. सम्म जोडिएको छ । वडा नं. ३ र ४ का शाखा बाटोहरुमा देउराली वुङताङ वडा ३ र २, मेघाङ मैवल वडा नं. ३ र ६, मेघाङ सामरी वडा नं. ३ र ५ छन् । अन्य शाखा मार्गमा देउराली डेउडी ३ (विदुुर न.पा.) रहेको छ ।


यहाँको अन्न बालीमा मकै प्रमुख बाली र कोदो,धान,गहँु आदि उत्पादन हुन्छ । तरकारी बालीमा आलु उत्पादन राम्रो रहेको छ । नगदे वालीमा चिया ,अलैची,भुईस्याउ, सुन्तला,तोरी ,किवी आदि रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.