Myagde Rural Municipality Home / Directory
Myagde Rural Municipality
Chhunga
Government
Office Info
Address Chhunga
Email 2 info@myagdemun.gov.np

तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायाेजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम "म्याग्दे" कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन । जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो "म्याग्दे" । छाङ्ग, मनपाङ्ग र जामुने तीनै वटा गाविसको एउटा उर्वर भूमि वा फाँटको नाम हो म्याग्दे, यसैकारण यस गाउँपालिकाको नाम "म्याग्दे" गाउँपालिका राखिएको हो भन्ने अनुमान लगाउन सकिन्छ ।

 

नेपालको स‌ंविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णयअनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो ।

 

समावेश भएका साविकका गाविसहरुलाई विभाजन गरी जम्मा ७ वटा वडा बनाइएका छन् । यस गाउँपालिकाको जम्मा क्षेत्रफल ११५ वर्ग किलोमिटर रहेको छ भने यसको सिमानामा पूर्वमा व्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकी नगरपालिका, उत्तरमा शुक्लागण्डकी र व्यास नगरपालिका, दक्षिणमा भिमाद नगरपालिका र ऋषिङ्ग गाउँपालिका रहेका छन् । केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जम्मा परिवार संख्या ६५०८ र जम्मा जनसंख्या २३५७८ मध्ये पुरुष १०८८२ र महिला १२६९६ रहेका छन् साथै ८२.१६ साक्षरता प्रतिशत रहेको छ ।

 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.