Nagarjun Municipality Home / Directory
Nagarjun Municipality
Harisidhi, Sitapaila
Government
Office Info
Address Harisidhi, Sitapaila
Email 2 Nagarjun.napa@gmail.com
Email 3 ito.nagarjunmun@gmail.com
नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते काठमाडौं जिल्लाका साविक पाँच गा.वि.स.  इचङ्गुनारायण, सीतापाईला,  रामकोट, भीमढुङ्गा, स्यूचाटार  समेटेर घोषणा  भएको २९.८ वर्ग कि.मि. क्षेत्रफल रहेको नागार्जुन नगरपालिका भौगोलिक रुपमा  पुर्व देशान्तर ८५° १२” देखि ८५° १७”  र उत्तर आक्षांश २७° ४०” देखि २७° ४४” को बिचमा पर्दछ । समुद्र सतह देखि १३०० देखि २५०० मी. औषत उचाई सम्म रहेको यस पालिकाको पुर्वमा काठमाडौं महानगरपालिकाको वडा नं १३,१४,१५ र १६, पश्‍चिममा धादिङ्ग जिल्ला, उत्तरमा तारकेश्‍वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका रहेका छन्। जम्मा १० वटा वडामा बिभाजन गरिएको यस पालिकालाई भुसंरचनाको आधारमा  मुख्य २ क्षेत्रमा विभाजन गर्न सकिन्छ । १. उत्तरी पहाडी क्षेत्र २. उपत्यका क्षेत्र ।
 
राष्ट्रिय जनगणना २०७८ अनुसार नगरपालिकाको कुल जनसंख्या १,१५,४३७ रहेको छ।जसमध्ये पुरूष ५७,५९६(४९.८९%) र महिला ५७,८४१(५०.११%) रहेको छ। घरधुरी संख्या ३१३०१ रहेको यस पालिकामा जनसंख्या धनत्व (प्रति वर्ग कि.मि.) ३,८६७ र बसोबास ५३६.४ (प्रति वर्ग कि.मि.) रहेको छ।
 
मुख्‍यरुपमा बाहुन, क्षेत्री, नेवार, मगर, सन्यासी जस्ता जातीको बाहुल्यता रहेता पनि बिभिन्‍न जातजाती, समुदाय तथा धर्मावलम्विहरु बसोबास रहेको छ, जसमध्‍य अधिकांश जनसंख्या हिन्दु र बौद्ध धर्ममा आस्था राख्‍ने पाईन्छ।ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तब्यको रुपामा महत्व राख्‍ने महत्‍वपुर्ण स्थलहरू १. ईचङ्गुनारायण मन्दिर २. हल्चोक आकास भैरब ३. रानीवन क्षेत्र ४. नागार्जुन जामाचो ५. ह्वाईट गुम्बा ६. बद्री नारायण धाम ७. गणेशमान स्मृती पार्क ८. सहिद पार्क ९. भिमसेनस्थान, भीमढुङ्गा १०. स्वीजरल्याण्ड पार्क, ११. हसन्टार गुम्बा १२. भूवनेश्‍वरी मन्दिर १३. पञ्‍चकन्या मन्दिर १४. तारकेश्‍वर मन्दिर १५. विभिन्न स्थानमा रहेका होमस्टे जस्‍ता स्थानले  यस पालिकाको सौन्दर्यता बढाएको छ।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.