आफुले तिरेको कर तथा शुल्क अनि आफ्नो लागि भनेर केन्द्रीय सरकार तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त श्रोत साधनको सही रुपमा उपयोग भयो भएन जान्न पाउनु प्रत्येक नागरिकको अधिकार हो । विकास निर्माण लगायत नगरपालिकाका हरेक क्रियाकलापहरुमा तबमात्र अपेक्षित जनसहभागिता प्राप्त गर्न सकिन्छ जब यिनीहरुको छनौट देखि कार्यान्वयन तथा लाभको वितरण सम्मको सहभागिता हासिल गर्न प्रत्येक नागरिकमा सार्वजनिक चासोका हरेक विषयमा प्रभावकारी किसिमले सूचनाको प्रवाह हुन्छ ।
हाम्रो नगरपालिकाले यस कुरालाई मध्यनजर गरी यस्ता सार्वजनिक चासोका हरेक कुरालाई विभिन्न माध्यमद्वारा जनतासमक्ष ल्याउने क्रममा यो वेभसाइट मार्फत समेत आफ्ना गतिविधि एवं सूचनाहरु यहांहरु समक्ष ल्याएका छौं । वेभसाइटबाट नगरपालिकाका गतिविधि एवं सूचनाहरुको अध्ययन गरी यहांको रचनात्मक सुझावको अपेक्षा गर्दछौं । नेपाल सरकारको घना वस्ती भएको क्षेत्रहरुलाई जनसंख्याको आधारमा नगरपालिकाको रुप दिई क्रमिक गतिमा भौतिक सुविधा सम्पन्न वनाई स्थानीय आर्थिक गतिविधिको केन्द्रको रुपमा विकास गर्ने नीति अनुरुप वि.स. २०७३ सालमा स्थापना भएको हो । जाजरकोट जिल्ला कर्णाली प्रदेश को एक सुन्दर र ऐतिहासिक पहाडी जिल्ला हो भने यो जिल्लामा रहेका ३ वटा नगरपालिका र ४ गाउँपलिका सहित जम्मा ७ स्थानिय निकाय रहेका छन् । यस नगरपालिकाको संरचना साविकका डाँडागाउँ लहँ खगेनकोट रग्दा र भगवती गा.वि.स. लाई मिलाएर नलगाड खाेलाको नामबाट नामाकरण गरी नगरपालिकाको नाम नलगाड नगरपालिका रहन गएको हो । यस नगरपालिकाको क्षेत्रफल ३८७.४४ व.कि.मि. रहेको छ । जुन जाजरकोट जील्लामा रहेका नगरपालीका मध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो नगरपालिका हो । यहाँको कुल जनसंख्या २८,८५८ रहेको छ । यस नगरपालिकामा जम्मा १३ वटा वडाहरु रहेका छन् । यस नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय वडा नं.७ दल्लीमा रहेको छ भने सीमाना पूर्वमा रुकुम जिल्ला, पश्चिममा कुसे गा.पा., उत्तरमा बारेकोट गा.पा. र डोल्पा जिल्ला रहनुको साथै दक्षिणमा भेरी नगरपालिका रहेको छ ।
Showing the latest 12 of 19 notices.
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.