Nechasalyan Rural Municipality Home / Directory
Nechasalyan Rural Municipality
Nechawaitghari
Government
Address Nechawaitghari
Email 2 info@nechasalyanmun.gov.np

नेचासल्यान गाउँपालिका पुर्वी नेपालकाे प्रदेश नं. १  अन्तर्गत साेलुखुम्बु जिल्लाकाे दक्षीणाी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हाे । वि. सं. २०७३ सालमा स्थानिय विकास मन्त्रालयकाे ७५३ स्थानिय तह लागु गर्दा साेलुखुम्बु जिल्लामा साविककाे सल्यान, नेचा बतासे र नेचा बेतघारी गाउँ विकास समितिलाइ समायाेजन गरेर नेचासल्यान गाउँपालिका बनाइएकाे हाे नेचासल्यान गाउँपालिकाकाे कुल क्षेत्रफल ६७.५४ व.कि.मि. (८६०८.०० हेक्टर) रहेकाे छ । यस गाउँपालिकाकाे भवन १४५० मिटर उचाइमा र उत्तरी अक्षांस २७ं २१' १४" र पुर्वि देशान्तर ८६ं ३८' २७" मा  अवस्थित छ ।  याे गाउँपालिकालाइ ५ वटा वडामा विभाजन गरिएकाे छ । यस गाउँपालिकाकाे कुल जनसङ्या १२,२०५ तथा घरधुरी सङ्या २,७४२ रहेकाे छ ।  हिन्दु,किरात, वाैध्द र क्रिष्चियन धर्मावलम्बीहरू बसाेबास गर्ने याे ठाउँमा  ब्राम्हण, क्षेत्री, राइ, शेर्पा, तमाङ, मगर, कामी, दमाइ, सार्की, नेवार जातीकाे बाहुल्यता रहेकाे छ यहाँकाे मुख्य खाध्यान्न बाली तर्फ धान, मकै, गहुँ, काेदाे छ भने फलफुलतर्फ आँप, कटहर, लिचि, केरा, सुन्तला, मेवा, नासपाती आदि उत्पादन हुन्छ। पञ्चमी डाँडा, सुकेपाेखरी, फुर्केपाेखरी, लाैरेश्वर, हावा आउने ओडार, थाम डाँडा जस्ता ऐतिहासिक तथा पर्यटकिय ठाउँहरू समेत रहेका छन। यस गाउँपालिकाकाे सिमाना पुर्वमा दुधकाैशिका गाउँपालिका र खाेटाङ जिल्ला, पश्चिममा ओखलढुङगा जिल्ला उतरमा साेलु दुधकुण्ड नगरपालिका र दक्षिणमा ओखलढुङगा जिल्ला सम्म फैलिएकाे छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.