नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन र अन्वेषण गर्न, मौलिक सृजनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान् एवम् प्रतिभाहरूको सम्मान गर्न, सृजनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधि सञ्चालन गर्न राष्ट्रिय रूपमा स्थापित एक प्रतिष्ठित संस्था हो ।
यस प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट वि.सं. २०१४ आषाढ ९ गते तदनुसार सन् १९५७ जुन २२ तारिखका दिन नेपाली साहित्य कला एकेडेमीको नाममा भएको थियो । वि.सं.२०१४ फाल्गुन २ गते जारी ऐनअनुसार यसको नाम नेपाली साहित्य कला एकेडेमीबाट परिवर्तन भएर नेपाल एकेडेमी भयो । कुलपतिस्तरीय निर्णयानुसार यसको नामलाई वि.सं. २०१९ मा अङ्ग्रेजीमा ‘रोयल नेपाल एकेडेमी’ र नेपालीमा ‘नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान’मा परिणत गरियो । यसलाई वि.सं. २०२६ मा भएको ऐन संशोधनले कानुनतः अनुमोदन गर्यो । नेपालमा गणतन्त्रको स्थापनासँगै साबिक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत–नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था भएपछि ‘नेपाल प्रज्ञा–प्रतिष्ठान ऐन २०६४’ द्वारा सङ्गठित नेपाल प्रज्ञा–प्रतिष्ठान हाल क्रियाशील रहेको छ ।
नयाँ प्रावधानअनुसार नेपाल प्रज्ञा–प्रतिष्ठानमा निम्नलिखित प्रमुख पाँच विषय क्षेत्र रहेका छन्ः
१. भाषा
२. साहित्य
३. संस्कृति
४. सामाजिक शास्त्र
५. दर्शनशास्त्र
उद्देश्य
नेपाल प्रज्ञा–प्रतिष्ठानका मूल उद्देश्यहरू यस प्रकार छन्ः
योजना र कार्यक्रम
माथिका उद्देश्यहरू पूरा गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रमुख रूपमा निम्नबमोजिमका कार्यक्रमहरू सञ्चालन गर्ने छः
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.