क) परिकल्पना (Vision) : लेखा उत्तरदायी सार्वजनिक निकाय अर्थात् - आर्थिक अनुशासन स्थापित हुनेछ, आन्तरिक नियन्त्रण प्रणाली स्वाचालित बन्नेछ, सार्वजनिक कोषको प्रयोग स्वच्छ, सक्षम र उपलब्धीमूलक भएको विश्वास विधायिका, कार्यपालिका र नागरिकलाई दिइनेछ र लेखा उत्तरदायी सार्वजनिक निकायका प्रभावले समष्टिगत आर्थिक स्थायित्व कायम भई भरोसायोग्य अर्थतन्त्रको निर्माण हुनेछ । ख) ध्येय (Mission) : सुशासनका लागि राजकीय कोष सञ्चालन अर्थात् - राजकीय कोषको दक्षतापूर्ण उपयोगका लागि सार्वजनिक निकायमा बजेट तर्जुमा, लेखाङ्कन तथा प्रतिवेदन प्रणाली सञ्चालित हुनु पर्दछ, विश्वसनीय, पारदर्शी र समयवद्ध वित्तीय प्रतिवेदन पेस गर्नु पर्दछ, स्थापित प्रणालीहरूको निरन्तर स्तरोन्नती गरिनु पर्दछ र लेखाका मानदण्ड एवं प्रक्रियाहरू नागरिक सेवा र सन्तुष्टिमा सहयोगी बन्नु पर्दछ। ग) मूल्य (Values) : देहायका मूल्यहरू कार्यालयको मार्गदर्शक ज्योति हुन् इमान्दारी (Honesty) स्वच्छता (Fairness) वस्तुनिष्ठता (Objectivity) आर्थिक अनुशासन (Fiscal Discipline) पेसागत उत्कृष्टता (Professional excellence)
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.