Omsatiya Rural Municipality Home / Directory
Omsatiya Rural Municipality
Hatii Farsatikar, Omsatiya RM, Rupandehi, Lumbini
Government
Address Hatii Farsatikar, Omsatiya RM, Rupandehi, Lumbini

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा रुपन्देही जिल्लामा साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पटखौली र छोटी रामनगर गाउँ विकास समितिहरूलाई समेटेर ओमसतिया गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसंख्या ३४,१९१ रहेको छ । यसको क्षेत्रफल ४८.५४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको फर्साटिकर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ ।

 

भगवान बुद्धको पावन जन्मस्थल लुम्बिनी र मावली गाउँ देवदह भएको नेपालको प्रदेश नं. ५ मा अवस्थित रुपन्देही जिल्लामा पर्ने एक गाउँपालिका हो ओमसतिया गाउँपालिका । यो गाउँपालिका नेपालका ७५३  वटा स्थानीय तहमध्येको एक स्थानीय तह हो । यो गाउँपालिका साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पट्खौली  र छोटकी रामनगर गााँउ विकास समितिहरु समायोजन भई घोषणा भएको हो ।साविकका ५ वटा गाविसहरुलाई समायोजन गरि नयाँ ६ वडाहरु बनाईएको हो । साविकको पडसरी गाविसका ५, ७, ८ र ९ वडालाई हालको १ नंम्बर वडा कायम गरेको छ भने, १, २, ३, ४, ६ वडाहरुलाई हालको २ नंम्बर वडा कायम गरिएको छ । यस्तै साविकका हाटीफर्साटिकर गाविसलाई ३ नम्बर वडा, साविकको बसन्तपुर गाविसलाई ४ नम्बर वडा, साविकको पट्खौली  गाविसलाई ५ नम्बर वडा र साविकको छोटी रामनगरलाई हालको ६ नम्बर वडा घोषणा गरेको छ भने गाउँपालिकाको केन्द्र साविकको हाटी फर्साटिकर गाविसको कार्यालयमा राखिएको छ । 

 

कुल क्षेत्रफल ४८.५४ वर्ग किलोमिटर रहेको यस गाउँपालिकाको कुल जनसंख्या ३४ हजार १ सय ९१ रहेको छ । पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा सिद्धार्थ नगरपालिका, मायादेवी र सियारी गाउँपालिका, उत्तरमा देवदह र तिलोत्तमा नगरपालिका, उत्तरमा देवदह र तिलोत्तमा नगरपालिका र दक्षिणमा रोहिणी गाउँपालिका रहेको यो गाउँपालिकाको बनावट समथर रहेको छ । प्राकृतिक छटाले भरिपूर्ण यस गाउँपालिमा अधिकांश मधेशी वर्गका विभिन्न जातीका मानिसहरु बसोबास गर्दछन । जस्तै यादव, कुर्मी, हरिजन, पासी , मुराव, बाह्मण, मुसलमान आदी । यहाँ मुख्य पेशा भनेका कृषि नै हो तर यहाँका मानिसहरु विभिन्न किसिमका व्यवसाय पनि गर्दै आईरहेका छन । यहाँको रहन सहन, लवाई, भेष भुषा र सामाजिक सास्कृतिक चालचलन भारतसँग मिल्दो जुल्दो रहेको छ । खानेपानीमा धेरै जसो घरपरिवारले घरमै रहेको चापाकल धाराको पानी प्रयोग गरेको पाईन्छ भने केहि परिवारले सार्वजनिक आटिजन बोरिङ्गको पानी खाएको पाइन्छ । पानीको क्षेत्रमा यस गाउँपालिका भित्र सुलभता पाईएको हुदा जमिन मुनिको पानीलाई विभिन्न क्षेत्रबाट उपयोगमा ल्याई कृषि क्षेत्रमा लगाउन सकेमा बर्षभरी नै हरियाली गाविसको रुपमा चिनाउन सकिन्छ । नेपाल चार जात छत्तिस वर्णको फुलवारी भएजस्तै यस गाउँपालिकाभित्र पनि विभिन्न धर्मालम्बिहरु बसोबास गरेको पाईन्छ । सबै धर्मलाई समानताका रुपमा उच्च मूल्यांकन गरिएको यस गाउँपालिकामा विभिन्न जातजातिहरु जस्तै थारु, बाह्मण, क्षेत्री, मगर, मधेशी, तराईवासी आदिहरु एकआपसमा आफ्नो अस्तित्वमा राखी बसेका पाईन्छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.