Panchadewal Binayak Municipality Home / Directory
Panchadewal Binayak Municipality
Panchadewal Binayak MUN, Achham, Sudurpashchim
Government
Address Panchadewal Binayak MUN, Achham, Sudurpashchim
Email 2 ‌info@panchadewalbinayakmun.gov.np
Toll Free No. 16600130003
Audio Notice Board 1618097500003
नेपालकाे प्रदेश न‌ं. ७ अन्तर्गत अछाम जिल्लाका चार नगरपालिका र छ गाउँपालिका मध्ये पञ्चदेवल विनायक नगरपालिका निर्वाचन क्षेत्र नं‍. २ मा पर्दछ । पूर्वमा कालिकाेट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामाराेशन गाउँपालिका तथा दक्षिणमा दैलेख जिल्लाकाे अाठविस नगरपालिकाकाे बीचमा अवस्थित पञ्चदेवल विनायक नगरपालिका प्राकृतिका सम्पदा र साधनस्राेतमा सम्पन्नशाली नगरपालिका हाे । जल, जमिन, बनजङ्गल, जडिवुटी, जङ्गली जनावर र उर्वर भूमि रहेकाे साथै मध्य पहाडी लाेकमार्ग पनि बीच भाग हुँदै जाने हुँदा  यस नगरपालिकाले उच्च अार्थिक एवं पर्यटकिय स‌ंभावनाबाेकेकाे छ ।
 
याे नगरपालिकाकाे उत्तरी क्षेत्रमा पानीका स्राेतहरु, जङ्गल, जडिवुटी, जङ्गली जनावर, स्लेट, ढुंगा पाइनुका साथै हराभरा जङ्गल भएकाेकारण पशुपालनकाे लागि चरन क्षेत्रकाे उच्च स‌ंभावना रहेकाे छ । याे नगरपालिकाकाे मध्य भागमा पशुपालन तथा फलफूल खेतीकाे संभावना रहेकाे छ भने पुर्वी भागमा धान, गहुँका साथै तरकारी खेतीकाे संभावना रहेकाे छ । पूर्वमा कर्णाली नदी, तालागाड खाेला, पश्चिममा कुइका खाेला सँधै पानी बगिरहनेखाेलाहरु हुन । यी खाेलाहरुबाट ढुंगा-गिटी-वालुवा जस्ता निर्माण सामग्रीहरु उपलब्ध गर्न/गराउन सकिने अवस्था छ । पञ्चदेवल विनायक नगरपालिकाक्षेत्रभित्र ऐतिहासीक पञ्चदेवलहरु (जसकाे नामबाटै यस नगरपालिकाकाे नामाकरण भएकाे छ ), मष्टामाण्डाै, बालमाडाैं, जस्ता प्रसिद्ध तिर्थस्थलहरु तथाकर्णाली नदी, बेलखेत, कालापानी जस्ता प्रर्यटकिय संभावना बाेकेका क्षेत्रहरु रहेका छन । बारला र कालेकाँडामा रहेकाे पेट्राेलियम पदार्थ र काइनाइटतथा फलामकाे धाउ उत्खनन गर्न सकेमा पञ्चदेवल विनायक नगरपालिका अछाम जिल्ला, प्रदेश नं. ७ का साथै सिंगाे नेपाल राज्यकै आर्थिक समृद्धिमाटेवा पुग्ने संभावना रहेकाे छ । यस नगरपालिकाकाे कुल क्षेत्रफल १४७.७५ वर्ग कि.मि. रहेकाे छ । वि. स. २०६८ सालकाे राष्ट्रिय जनगणना अनुसार २७४८५ जनसङ्ख्या रहेकाे याेनगरपालिका साबिकका कुइका, विनायक, लयाँटी, ताेली, पुल्लेताेला, बारला र कालेकाँडा गरी ८ गा.वि.स.हरु मिलाएर  नेपाल सरकारबाट वि.स. २०७३ साल फाल्गुन २७ गते घाेषणा भएकाे  हाे । यस नगरपालिकामा  विभिन्न जातजाती र भाषाभाषिका मानिसहरुकाे बसाेबास रहेकाे हुँदा धार्मिक र सा‌ंस्कृतिक विविधता पनि उत्तिकै रहेकाे छ ।
पंचदेवल विनायक नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.