Pancheshwor Rural Municipality Home / Directory
Pancheshwor Rural Municipality
Aamchaura, Pancheshwar RM, Baitadi, Sudurpashchim
Government
Address Aamchaura, Pancheshwar RM, Baitadi, Sudurpashchim

पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाको दक्षिण पश्चिम भेगमा पर्दछ । जिल्ला सदरमुकाम गोठालापानीबाट यो गाउँपालिका १३ कोष दुरीमा रहेको छ । यसको केही भूभाग महकाली नदीसँग जोडिएको छ । अधिकांश स्थानमा सडक यातायात जोडिएको र आवत जावत गर्न सहज भएको छ । यस गाउँपालिकामा विद्युतिकरण समेत हुन नसकेकाले सौर्य उर्जा (सोलार) को भरमा उज्यालो बाल्न विवस छन । हाल गाउँपालिकाले सडक सञ्जाललाई मुख्य प्राथमिकतामा राखि अघि बढेको छ । यस गाउँपालिकाले कुलाउहुदै पञ्चेश्वर जाने सडकबाट साविकको आम्चौरा गाविस तथा हालको गाउँपालिका भवन सम्म सडक सञ्जाल पुर्याएको छ । जसले गर्दा २ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ भने आवत जावतमा सहज भएको छ । अझै सडक विस्तारलाई प्राथमिकतामा राख्दै गाउँपालिका अघि बढेको छ । हाललाई भारतसँगको आवागमनलाई सहज पार्न महाकाली नदीमा झोलुगें पुल निर्माण गर्नु आवश्यक देखिन्छ । यस गाउँपालिकामा व्यापारिक हिसाबले भारतको लोहाघाँट तथा पिथौरागढ बजार मुख्य आवतजावतको रुपमा लिइन्छ । यस गाउँपालिकामा उखुखेती, तेलहन बाली, माहुरी पालनको मुख्य तथा उपयुक्त वातावरण देखिन्छ ।

 

यसका अतिरिक्त आलु लगायतको तरकारी खेती, फलफुल खेतीको प्रचुर सम्भावना बोकेको छ तर वालि विविधिकरण र व्यवसायिक किसिमले खेतीपाती भने गरेको पाइदैन । गहुँ, धान, मकै, तरकारी र फलफूल लगाउने गरेका छन यहाँका कृषकहरुले । कृषी व्यवसायबाट आयआर्जन वृद्धि गर्न तालिम, उन्नत विउविजन, कृषि सामग्रीलाई परिचालन गर्न जरुरी देखिन्छ । यसका साथै कृषीजन्य उत्पादनमा आधारित घरेलु तथा लघुउद्यम व्यवसाय ग्रामीण व्यापारलाई पनि विकास र विव्स्तार गनर्ग सकिने थप सम्भावनाहरु रहेका छन । यस गाउँपालिकामा धुरा कैलपाल, उदयदेव मन्दिर, देवताल मन्दिर, नागार्जुन मन्दिर, पञ्चेश्वर मन्दिर, चारखाम चौमो मन्दिर, बालाचौमा मन्दिर, कुलाउ मन्दिर लगायतका धार्मिक तथा पर्यटकिय स्थलहरु रहेको छन ।

 

यो गाउँपालिकाको पूर्वमा मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका, पश्चिममा भारतको सिमाना, उत्तरमा दशरथचन्द नगरपालिका तथा दक्षिणमा शिवनाथ गाउँपालिका रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८ हजार ७ सय ६६ रहेको छ भने कुल क्षेत्रफल १२० दशमलव ४१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका नेपाल सरकारले स्थानीय निकायलाई स्थानीय तहमा लगेसँगै साविकका पञ्चेश्वर गा.वि.स., महाकाली गा.वि.स. वडा नं. १ देखि ६ सम्म, कुलाउ गाविसको वडा नं. १ देखि ८ आम्चौरा गाविस, गिरेगाडा गाविस र रोडिदेवल गाविसको वडा नं. १, २, ३, ८ र ९ लाई समायोजन गरि पञ्चेश्वर गाउँपालिका घोषणा गरेको हो ।

पंचेश्वर गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.