पुर्वमा दुप्चेश्वर, पश्चिममा लिखु, उत्तरमा तादी र दक्षिणमा शिवपुरी गाउँपालिकाले घेरेको पन्चकन्या गाउँपालिका भौगोलिक रुपमा लेक बेशी, पहाड, डाँडाँकाडाँ र हिमाली भूभाग मिलेर बनेको सुन्दर र रमणिय गाउँपालिका हो । यस गाउँपालिकामा प्रशस्त मात्रामा खेति योग्य भुमि रहेको पाईन्छ । जनजातिको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जातजाति, भाषा, धर्म रितिरिवाज परम्परा विविधतामा एकता रहेको पाइन्छ । विविध जातजाति रहन सहन धार्मिक सास्कृतिक एवं प्राकृतिक मनोरमका कारण यस गाउँपालिका पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ । ऐतिहासिक, धार्मिक महत्व बोकेका पञ्चकन्या, सप्तकन्या, कपिलेश्वर, कात्तिकेश्वर लगायत अन्य मठ मन्दिरहरु तथा प्रसिद्ध गुम्बाहरु, कालीकाकोट, गोठवोएश्वर, नाट्येश्ष्री, घ्याङश्वारा पर्यटकिय पार्क, टोड्के भञ्ज्याङ तथा चमेरे गुफा यस क्षेत्रका कला सस्कुति झल्किने पर्यटकीय सम्पदा हुन् । यस गाउँपालिकाका मुख्य बजार केन्द्रहरु छहरे, बानियाटार, सहरेटार, बुढिसेरा, सातविसे, घलेभञ्ज्याङ आदि रहेका छन् । सिन्धुपाल्चोक चिसापानी बुढिसेरा छहरे हुदै विदुर देखि धादिङ जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गले यस गाउँपालिकालाई विचबाट छोएको हुनाले छिमेकी जिल्ला सँग भु मार्ग मार्फतको पहुचलाई सुविधाजनक बनाएको छ । पाँच वटा वडामा विभाजित यस गाउँपालिका साविकका ५ वटा गा.वि.स. हरु पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार, र चौघडा (३,४,९) समायोजन भई नेपाल सरकारबाट २०७३ सालमा पञ्चकन्या गाउँपालिकाकाको रुपमा स्थापना भएको हो । स्थानिय तहको निर्वाचन भई सिंहदरवारको अधिकार घर घरमा भन्ने उद्देश्यका साथ साविक ५ वटा गा.वि.स हरु मिलेको पञ्चकन्या गाउँपालिकाको स्थायी केन्द्र लाकुरीभञ्ज्याङमा रहेको छ । काठमाण्डौबाट समेत नजिक रहेको यस गाउँपालिका विकास र समृद्धिको लागि प्रचुर सम्भावना रहेको तथा गाउँपालिका विकास र गाउँबासीको स्वर्णिम भविष्यका लागि विश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाईन्छ ।
काठमाण्डौबाट टोखा छहरे हुदै घलेभञ्याङ करिव ४१ कि.मि. सडक सञ्जालले जोडिएको पञ्चकन्या गाउँपालिका नुवाकोट जिल्लाको सदरमुकामबाट १२ कोष पुर्वमा रहेको गाउँपालिका हो । नयाँ सडक संझालबाट जनताको घरघरमा यातायात सेवा पुगोस भन्ने हेतुले हामीले सडक पूर्वाधारमा धेरै लगानी गरेका छौ । सडक संजाल जस्तो खर्चिलो दिगो पूर्वाधार तयारी गर्नु वास्तवमै कम्ती चुनौती छैन तर पनि पाँच वर्षको दौडानमा हालै गरिएको Rural Municipality Transport Master Plan (RMTMP) सर्वेक्षण अनुसार मुल र भित्रि सडकहरु गरी जम्मा १०८ वटा सडकहरु यस गाउँपालिकामा रहेको छ । नुवाकोट जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र पञ्चकन्या मन्दिरको नामबाट नामाकरण भएको यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको पुन संरचना गर्ने क्रममा नयाँ स्थानिय तहको रुपमा घोषणा भई नेपाल राजपत्रमा प्रकाशित मिति २०७३/११/२७ बाट सञ्चालनमा आएको गाउँपालिका हो । ५३.४७ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा हालै गाउँपालिका स्तरबाट गरिएको घरधुरी सर्वेक्षण अनुसार ४७५१ घरधुरी रहेका छन् भने पुरुष ११९०१ र महिला ११०५७ गरि जम्मा २२९५८ जनसंख्याले बसोबास गरेको गाउँपालिकाको तथ्यांकबाट पाईएको छ । २०७८ सालको राष्ट्रिय नयाँ जनगणना अनुसार अक्सर बसोबासको आधारमा जम्मा १३८६४ जनसंख्या रहेको तथ्याँकबाट देखिएको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.