Panchkhapan Municipality Home / Directory
Panchkhapan Municipality
Wana, Panchkhapan MUN, Sankhuwasabha, Koshi
Government
Address Wana, Panchkhapan MUN, Sankhuwasabha, Koshi
Email 2 panchkhapan.mun@gmail.com

पाँचखपननगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजनअनुसार पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत संखुवासभा जिल्लामा र हाल १ नंप्रदेश मा पर्दछ । भौगोलिक हिसाबले यस नगरपालिका कोशी अञ्चल, संखुवासभा जिल्लाको मध्य भागमा ८७o१२’१२” देखि ८७o२६’४५” पूर्वी देशान्तर र २७o१७’३७.४” देखि २७o२४’ ३८” उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ ।


१४८.०३वर्ग कि.मि. क्षेत्रफल रहेको यस पाँचखपन नगरपालिकाकोउत्तरमा सभापोखरीगाउँपालिका पश्चिमतिर खाँदबारी नगरपालिका, दक्षिणमा चैनपुरनगरपालिकार पूर्वमा चैनपुर नगरपालिका र सभापोखरीगाउँपालिका रहेका छन् ।नेपाल सरकारको निर्णयअनुसार २०७३/११/२० मा साविकका स्याबुन, वाना र जलजला गा.वि.स.हरू समेटेर पाँचखपन नगरपालिका घोषणा गरिएको थियो ।पाँचखपन नगरपालिकाको अधिकतम औषत तापक्रम २३ डिग्री सेल्सियस रन्यूनतम औषत तापक्रम ३ डिग्री सेल्सियस सम्म रहने गरेको छ । शैक्षिक तर्फआधारभूत विद्यालयसंख्या ३२ र माध्यामिक विद्यालय ८ गरि जम्मा ४२ वटा शिक्षण संस्थाहरू संचालित छन् जस मध्ये २ निजी शैक्षिक संस्था रहेको छ । प्राकृतिक श्रोतको दृष्टिकोणले संभावनायुक्त, मानविय श्रोतको दृष्टिकोणबाट नेतृत्व क्षमतायुक्त, राजनैतिक दल र सचेत एवं उत्प्रेरित नगरपालिकाबासी यस नगरपालिकाको दिगो विकासका आधारस्तम्भका रूपमा रहेका छन् ।यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार सबैभन्दा बढी तामाङ जाति ३,३८८ जना (१९.३४%), दोस्रोमा क्षेत्री ३,२५७ जना (१८.५९ प्रतिशत) र तेस्रोमा नेवार १,६७० (९.५३प्रतिशत) हरूको बसोबास रहेको छ ।केही भाग ऐतिहासिक तथा बजार क्षेत्रको रूपमा रहेको नगरपालिकामा साना व्यापार, तथा साना उद्योगहरु प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीकोवैकल्पिकश्रोतको रूपमा वैदेशिक रोजगारी पनि रहेको छ । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक कृषि प्रणालीको विकल्पमा समेत लागिरहेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम पनि रहेको छ ।अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, ल्होसार, उधाैली, उभौली, देवाली, ठूलो एकादशी, मकर संक्रान्ती, तीज, होली, महाशिवरात्री, चैते दशै, रामनवमी, कृष्णजन्माष्टमी, बुद्धजयन्तीआदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।

पाँचखपन नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.