पाँचपोखरी गाँउपालिका नेपालको पूरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल बागमती प्रदेश मा पर्दछ । पाँचपोखरी यो पालिकाको नाम प्रसिद्द धार्मिक र पर्यटकीय स्थल पाँचपोखरी सँग जोडिएको छ । यो गाउँपािलकाको स्थापना २०७३ सालमा राज्यको पुर्नसंरचना सँगै भएको हो । पुर्वमा जुगल, पश्चिमा हेलम्वु गाउँपालिका उत्तर तर्फ रसुवा र लाङटाङ राष्ट्रिय निकुञ्ज साथै दक्षिण तर्फ मेलम्ची नगरपालिका पर्दछ । यो गाउँपालिकाका नामाकरण भएको स्थल पाँचपोखरी यहि पालिकाको वडा नं ३ भोताङको भौगोलिक क्षेत्र भित्रको राष्ट्रिय निकुञ्जमा पर्दछ । यो पालिकाको कुल क्षेत्रफल ४३६.४ बर्ग कि.मी. रहेको छ भने समुन्द्रि सतह बाट ४१०० मि.को उचाइमा यस पालिकाको उच्च भुभाग पाँचपोखरी पर्दछ । नेपाल सरकारको निर्णय अनुसार साविकका बाँसखर्क, बरुवा, भोताङ, थाङपालकोट, गुन्सा, थाङपालधाप, भोटेनाम्लाङ र लागर्चे गा.वि.स.हरू समेटेर पाँचपोखरी थाङपाल गाँउपालिका घोषणा गरिएको थियो । वन, उर्बर कृषि जमिन, नदी नाला र जैविक विविधताजस्ता प्राकृतिक सम्पदाको यथेष्ट उपलब्धता, शिक्षित मानविय स्रोतमा वृद्धि, जनसांख्यिक लाभांशको अवसर उपलब्ध हुनु, शैक्षिक तालिम केन्द्रहरूको संचालन, पर्यटकीय गन्तव्यको लागि प्रशस्त स्थानहरु हुनु, बहुमूल्य जडिबुटीहरु प्रशस्त मात्रामा रहनु तथा धार्मिक महत्व बोकेका प्रसिद्ध स्थानहरु हुनु यस गाँउपालिकाको दिगो विकासका आधारस्तम्भका रुपमा रहेका छन् । यस गाँउपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । यस पालिकामा पाश्र्वचित्र सर्वेक्षण २०७५ अनुसार कुल घरधुरी संख्या ७,८०३ रहेको छ । महिला १६,९६४ पुरुष १७,७३३ कुल जनसंख्या ३४,६९७ रहेको छ । घरधुरी सर्वेक्षण २०७५ अनुसार सबैभन्दा बढी तामाङ जाति ४६५० घरधुरी (५९.५९%), दोस्रोमा क्षेत्री जाति ९७३ घरधुरी (१२.४९%), तेस्रोमा दलित जाति ५२४ घरधुरी (६.७१%)। चौथोमा नेवार जाती ४५७ घरधुरी (५.८७%) क्रमशः अन्य जाति २९१ घरधुरी (३.७३%), ह्योल्मो जाति २२८ घरधुरी (२.९२%), गुरुङ जाति १९७ घरधुरी (२.५२%), शेर्पा जाति १६१ घरधुरी (२.०६%), ब्राह्मण जाति १५७ घरधुरी (२.०१%), भुजेल जाति ९० घरधुरी (१.१५%), दनुवार जाति ५५ घरधुरी (०.७०%) तथा मगर जाति २० घरधुरी (०.२५%) हरुको बसोबास रहेका छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.