Panini Rural Municipality Home / Directory
Panini Rural Municipality
Durgafat
Government
Address Durgafat
Email 2 ito.paninimun@gmail.com
Email 3 ito@paninimun.gov.np

पौराणिक कथन अनुसार यस जिल्लाको  पणेना भन्ने स्थानमा पाणिनी ऋषि आई महादेवको तपस्या पाइ संस्कृत व्याकरण तयार पार्न सफल भए भनिन्छ। पणेनाको वायव्य दिशामा (करीव ३ की. मी. टाढा) दुर्वाशा ऋषीको आश्रम थियो भनीन्छ। यस पाणिनी गाउपालिकाको जम्मा क्षेत्रफल १५१.४२ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका श्रिनगर¸ स्वर्गद्धारि¸ रेशुङ्गा जस्ता पर्यटकीय दृष्टिकोणले महत्त्वपुण रहेका स्थानहरुसंग राम्रो पहुच छ।निर्माणाधिन लुम्विनि­౼ सन्धिखर्क౼ ढोरपाटन सडक सम्पन्न भएर यातायात सञ्चालन भएपछि गाउँपालिकाको पर्यटकिय विकासमा थप मद्धत पुग्ने देखिन्छ।यस गाउँपालिकामा रहेका पाणिनी तपोभूमि¸ दुर्वाशेश्वर गुँफा¸ नर्तनाचल पर्वत¸ सिद्बेश्वर गुफा¸ आलमदेवि मन्दिर जस्ता महत्त्वपुण धार्मिक स्थलहरु रहेका छन।दक्षिणमा तराइ र उत्तरमा महाभारत पर्वत श्रङ्खलाको २५१५ मिटरसम्मको उचाइमा फैलिएको हुँदा यो गाउँपालिका वन वन्यजन्तु तथा जैविक विविधताको दृष्टिकोणले निकै धनी रहेको छ। दक्षिणमा भावरको केहि क्षेत्र¸ चुरे पर्वत श्रङ्खलाको केहि क्षेत्र र उत्तरमा महाभारत पर्वत श्रङ्खलासम्मको क्षेत्रमा विभिन्न जातका वोटविरुवाहरु¸ जडिवुटि¸ स्तनधारि जिवहरु¸ चराचुरुङ्गिहरु¸ सरिसृप जिवहरु तथा अन्य जलचर थलचर जिवहरुले आश्रय पाएको पाइन्छ।

 

पाणिनी गाउँपालिकाको पृष्ठभुमि

नेपालको संविधान २०७२ अनुसार नेपाल राज्य पुनर्संरचा अन्तरगत अर्घाखाँची जिल्लाका ६ स्थानिय तहमध्येको एक पाणिनी गाउँपालीका हो।नेपाल सरकारको मिति २०७३ फागुन २७ गतेको निर्णयअनुसार यस पाणिनी गाउँपालिका गठन भई सन्चालनमा आएको छ।

 

नामाकरण

अर्घाखाँची जिल्लाको पुर्वि भेगमा पर्ने ८ गाँउ विकास समीतीहरुलाइ समेटेर पाणिनी गाउँपालिकाको गठन भएको हो।अर्घाखाँची जिल्लाको पूर्वि भेगका अड्गुरी¸ साविक पाली गा. वि. स. को वार्ड नं १ देखी ८ सम्म र साविकको चीदीका गाविसको वार्ड नं ९ लाइ गासी सिंगो पालि ¸धातीवाङ्ग¸ मैदान ¸पटौटी¸ पणेना ¸पोखराथोक ¸ खीदीम गाविसलाई समेटेर यस गाउँपालीका गठन भएको छ।पाणीनी गाउँपालीकाको नामाकरण हेर्दा पाणिनी ऋषीले तपस्या गरेको स्थान दुर्वाशेश्वर गुँफा ¸पालिको मुस्लीम समुदायको संस्कृती समेत लाइ समेटेको पाइन्छ।पाणिनी तपोभुमी साविकको पणेना गा.वि.स. को सवैभन्दा अग्लो टापुमा रहेको छ।यहा पांणिनी ऋषिले तपस्या गरेका थिए।यस ठाउमा प्रशस्त मठमन्दिर र पुरातात्त्विक भवनहरु रहेका छन।पाणिनि संस्कृतका पारङ्गत तथा संस्कृत व्याकरणका रचयिता विद्वान् ऋषिको नाम हो । दाचि ऋषिका छोराको रूपमा पाकिस्तानको लाहोर भन्ने ठाउँमा उनको जन्म भएको भन्ने कुरा ग्रन्थहरूमा पाइन्छ।करिब ई.पू. बाह्रौं शताब्दीतिर पाणिनि प्रयागराज तीर्थ हुँदै नेपालको अर्घाखाँची पुगेर घोर तपस्या गरे (केही पाश्चात्य एवं आधुनिक विद्वानहरू पाणिनिको समय ईशापूर्व ५०० वर्षलाई मान्दछन्) । उनको तपस्या गरेको ठाउँ नै पछि पणेना कहलियो भन्ने जनश्रुति छ । उनको तपस्याबाट प्रसन्न भएर भगवान शिवजी दायाँ हातमा त्रिशूल बोकेर बायाँ हातले डमरु बजाउँदै ताण्डव नृत्यमा प्रकट भए जो उनको अत्यन्तै खुसीको मुद्रा थियो । पाणिनि ऋषिका नामबाटै पाणिनि भन्ने ठाउँको नामकरण भएको हो । पाणिनि तपोभूमिका नामले प्रसिद्ध धार्मिकस्थल नेपालको लुम्बिनी अञ्चल हालको पाँच नम्बर प्रदेश अन्तर्गतको अर्घाखाँची जिल्लामा पर्दछ । 

 

अवस्थिती

अर्घाखाँची जिल्लाको पूर्वमा पर्ने ६ स्थानीय तह मध्यको एक पाणिनि गाउँपालीका हो।अर्घाखाची जिल्ला २७°४५´देखी २८° ६´उत्तरी अक्षांश र ८०°४५ देखी८३°२३´पूर्वि देशान्तर सम्म फैलिएको छ।यस गाउँपालिकाको पूर्वमा पाल्पा जिल्ला, पश्चीममा सन्धीखर्क र शीतगंगा नगरपालीका उत्तरमा छत्रदेव गाउपालीका र गुल्मी जिल्ला र दक्षीणमा पाल्पा जिल्ला र रुपन्देही जिल्ला यस गाउँपालीकाका सिमानाहरु हुन ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.