Parwanipur Rural Municipality Home / Directory
Parwanipur Rural Municipality
Lipanimal
Government
Office Info
Address Lipanimal
Social Media

नेपालको सबभन्दा सानो गाउँपालिकाको रुपमा परिचित परवानीपुर गाउँपालिका हो । परवानीपुर गाउँपालिका मधेस प्रदेशको बारा जिल्लाभित्र पर्छ । यस गाउँपालिकाको क्षेत्रफल १५.४८ वर्ग कि.मि. रहेको छ जुन नेपाल कै सबभन्दा कम क्षेत्रफल भएको गाउँपालिका हो । नेपालको जनगणना, २०७८ का अनुसार यहाँको जनसंख्या २४,७४५ रहेको छ जसमध्ये महिलाको संख्या ११,७०५ र पुरुषको संख्या १३,०४० रहेको छ भने ३९७२ घरधुरी बसोबास गर्दाछन् । जम्मा ५ वटा वडाहरु रहेको यस गाउँपालिकामा साबिकका गाउँ बिकास समितिहरु बहुअरी, लिपनीमाल, रामपुर टोकनी र बुनियाद समावेश रहेका छन्‌ । ५.४६ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. १ (बुनियाद) मा ६१९६ जनसंख्या टोकनी सहित ३.९७ बर्ग किलोमिटर क्षेत्र भएको वडा न.२ मा ३५०५, लिपनीमाल सहित १.७६ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ३ मा ४४११, चैनपुर विर्तासहित १.५७ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ४ मा ५६५१ र बहुअरीसहित २.७२ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ५ मा ४९८२ जनसंख्याको बसोवास रहेको छ । यस गाउँपालिकाको केन्द्र वडा नं. ३ लिपनीमालमा रहेको छ।यस गाउँपालिकाको पूर्वमा बारा जिल्लाको प्रसौनी गाउँपालिका, पश्चिम र दक्षिणमा पर्साको जिल्लाको वीरगज महानगरपालिका र भने उत्तरमा जितपुरसिमरा उप-महानगरपालिका रहेको छ ।

 

कृषि प्रधान जिल्लाको रुपमा परिचित बारा भित्र पर्ने २ उप-महागनगरपालिका, ५ नगरपालिका र ९ वटा गाउँपालिका गरी १६ वटा स्थानीय तहका पालिकामध्ये परवानीपुर गाउँपालिका साँस्कृतिक, धर्मिक र सामुदायिक बिविधतायुक्त एउटा पालिका हो । जिल्लाको पश्चिममा रहेको यो गाउँपालिका पर्सा बारा औद्योगिक क्षेत्रको हिस्सा पनि हो । औद्योगिक हिसाबले यसले देशमैं महत्व राख्दछ । यहाँ कृषि, पशुपालन, माछापालनका साथै हाँस-कुखरा, परेवाजस्ता घरपालुवा पंछीपालनको आधारमा यहाँको परम्परागत आर्थिक ब्यवस्था रहेको पाइन्छ ।यस पालिकाका धेरै व्यक्तीले वडा नं. ३,४ र ५ मा बिभिन्न उद्योगहरुमा रोजगारी प्राप्त गरेका छन् ।साना ब्यवसाय, बैदेशिक रोजगारी तथा जागिरजस्ता ब्यवस्थित आर्थिक स्रोत पनि स्थानीयले अपनाएको पाइन्छ । धानबाली, गहुँबाली, दलहन, तेलहन, मकै र तरकारी यहाँका मुख्य कृषि उपज हुन ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.