Phungling Municipality Home / Directory
Phungling Municipality
Ward 05
Government
Address Ward 05
Fax 024-461030
Email 2 phunglingmun@gmail.com
संक्षिप्त परिचय
साबिक ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णय अनुसार बि.स.२०७१ साल बैशाख २५ गते गठन भएको नयां नगरपालिका हो l हाल ताप्लेजुङ नगरपालिका नाम परिवर्तन भई फुङलिङ नगरपालिका भएको हो lफुङलिङ नगरपालिकाको नामाकरण लिम्बु भाषाको 'फूङ' अर्थात 'फूल' र 'लिङ' अर्थार 'उम्रेको' बाट भएको हो। ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङ नगरपालिका नेपालको पुर्वान्चल विकास क्षेत्रको मेची अन्चलमा अबस्थित छ l यस नगरपालिकाको कुल क्षेत्रफ़ल १२५.५७ बर्ग किलोमिटर रहेको छ l नगरपालिकाको पूर्व तर्फ सिरिजंघा र पाथीभरा याङवरक गाउँपालिका, पश्चित तर्फ मिक्वाखोला र मेरिङ्देन गाउँपालिका, उत्तर तर्फ फक्तालुङ गाउँपालिका र दक्षिण तर्फ आठराई त्रिवेणी गाउँपालिका पर्दछ । ताप्लेजुङ जिल्ला २७*१५" देखि उत्तरी अक्षांश र ८७*३२"पूर्वी देशान्तर भित्र पर्दछ l नेपालमै पहिलो घामको झुल्को पर्ने ठाँउ पर्यटनमा कुमारित्व बोकेको, धार्मिक महत्वको कोशी  नदीको एक सहायक नदी तमोर किराँत धर्मको आस्थाका पवित्र स्थल लोप हुन लागेको रेड पाण्डा, कालो भालु हिउँ चितुवा,शिकारी भोटे काग, डाँफे, मुनाल, कालिज आदि दुर्लभ बन्यजन्तु र चराचुरंगीको वासस्थान, ८४४ प्रजातिका बनस्पति १६ प्रकारका जंगल २८ प्रजातिका गुराँस, ४८ प्रजातिका सुनगाभा, १३ प्रकारका रैथाने बिरुवा र १३७ प्रजातिका ग्रैह काष्ठ वन पैदावार पाउने, आदि जडीबुटी र सुन्दर फुलैफूलको बगैंचा जैविक विविधताले सम्पन्न/प्रकृतिको एक वरदान विश्वमा नै सबै भन्दा बढी गुराँस पाइने गुराँसको राजधानी रहेको यस ताप्लेजुङ जिल्ला वास्तबमै प्राकृतिक, जैविक,जातजाति, धार्मिक सहिष्णुता, सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालकै पहिलो घामको झुल्को पर्ने ताप्लेजुङ जिल्लाको सदरमुकाममा अबस्थित फुङलिङ नगरपालिका बिस्तारै आधुनिक शहरको रुपमा विकास भइरहेको शहर हो l हाल यस नगरमा ५६४४  घरधुरी  २६ हजार ४ सय ६  जना जनसंख्या रहेको देखिन्छ l यस नगरमा लिम्बू जातिको बाहुल्यता रहेको यस नगरमा लिम्बू, राई, गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्री, तामाङ,सुनुवार, कामी, दमाई, सार्की, शेर्पा, भोटे आदि जातीहरुको बसोवास रहेको छ l
 
नगरपालिका सम्बन्धी आधारभुत जानकारीः
नगरपालिका केन्द्रः
फुङलिङ -७, ताप्लेजुङ
 
क्षेत्रफलः 
१२५.५७ वर्ग किलोमिटर
 
 जनसंख्या
२८‚४४९ (२०७८ सालको जनगणना अनसुार)
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.