नेपालको संविधानको धारा २४४ मा रहेको प्रदेश लोक सेवा आयोग सम्बन्धी व्यवस्था अनुसार प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश संगठित संस्था, प्रदेशको अन्य सरकारी सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको पदमा उपयुक्त उम्मेदवार छनौटमा स्वच्छता, निष्पक्षता र योग्यता प्रणालीलाई व्यवस्थित गरी प्रदेश एबम् स्थानीय तहको सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ, प्रतिस्पर्धात्मक, उत्तरदायी, सेवामुखी र समावेशितालाई समेत मध्यनजर गर्दै योग्यता प्रणालीलाई अवलम्वन गर्ने उद्देश्यका साथ प्रदेश लोक सेवा आयोगको गठन भएको हो।
नेपालको संविधानको भाग २३, धारा २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने र आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने व्यवस्था रहेको छ।
सो अनुसार २०७६ भाद्र १७ मा प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लागू भई ऐनको दफा ३ बमोजिमको समितिको सिफारिसमा माननीय प्रदेश प्रमुखज्यूबाट मिति २०७६ माघ ९ मा आयोगका माननीय अध्यक्ष उत्तम कुमार भट्टराई, माननीय सदस्य टीकादत्त राई र माननीय सदस्य सजना दाहालको नियुक्ति भए सँगै यस कोशी प्रदेश प्रदेश लोक सेवा आयोगको औपचारिक गठन भएको हो।
ऐनको दफा ३ को उपदफा १ बमोजिम प्रदेश लोक सेवा आयोगमा अध्यक्ष सहित तीन जना सदस्य रहने प्रावधान अनुरूप हाल आयोगको अध्यक्षमा माननीय महेन्द्रप्रसाद गुरागाईं र सदस्यमा माननीय टीकादत्त राई र माननीय सजना दाहाल रहनु भएको छ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.