नेपालको संविधानले निर्दिष्ट गरे वमोजिम देशले संघीयता अवलम्वन गरे संगै संवैधानिक भावना तथा मर्म अनुरुप तीन तहको सरकार स्थापना भइ सार्वजनिक सेवालाई चुस्त, दुरुस्त तथा प्रभावकारी रुपमा अगाडी बढाउदै लैजाने सन्दर्भमा प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अन्य सरकारी सेवाहरु रहने भनी संविधान तथा अन्य कानूनहरुमा उल्लेख गरिएको छ । सो अनुसार उपरोक्त सेवाका पदहरुमा उम्मेदवारको छनौटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्द्धन गर्न कर्मचारीहरुको भर्ना, छनौट स्वतन्त्र निकायबाट गरिदै आइएको छ । प्रस्तुत सन्दर्भमा प्रदेश तथा स्थानीय तहलाई चाहिने आवश्यक कर्मचारीहरुको छनौटको लागि नेपालको संविधानको धारा २४४ मा प्रदेश लोक सेवा आयोग रहने व्यवस्था गरिएको छ ।
नेपालको संविधानको धारा २४४ मा प्रादेशिक लोक सेवा आयोग सम्बन्धी देहाय अनुसारको व्यवस्था गरिएको छ :
(क) प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहनेछ ।
(ख) प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुनेछ ।
(ग) उपधारा (२) को प्रयोजनका लागि संघीय संसदले कानून बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ ।
नेपालको संविधानको भाग २३ को धारा २४४ को उपधारा (१) मा भएको व्यवस्था अनुसार प्रदेश नं. २ को प्रदेश सभावाट पारित प्रदेश लोक सेवा आयोग ऐन, २०७६ मिति २०७६।०५।०४ गते माननीय प्रदेश प्रमुखज्यूबाट प्रमाणीकरण भई कार्यान्वयनमा रहको छ । प्रदेश लोक सेवा आयोग गठन सम्वन्धी व्यवस्था अनुसार यस आयोगमा अध्यक्ष तथा अन्य दुईजना सदस्यहरु रहने प्रावधान छ । प्रदेश प्रमुखले माननीय प्रदेश मुख्य मन्त्री- अध्यक्ष, प्रदेश सभाका माननीय सभामुख- सदस्य र प्रदेश सभाको विपक्षी दलको नेता- सदस्य रहेको समितिको सिफारिसमा कम्तीमा १ जना महिला पर्ने गरी अध्यक्ष तथा सदस्यको नियुक्ति गर्ने तथा यसरि नियुक्ति गर्दा आयोगका सदस्यहरुमध्ये कम्तीमा एकजना सदस्य बीस वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त हुने व्यवस्था छ ।
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ दफा १३ अनुसार आयोगले देहायको कुनै एक वा एकभन्दा बढी तरीकाद्बारा उपयुक्त उम्मेदवार छनौट गर्नेछ:-
क) लिखित परीक्षा,
ख) प्रयोगात्मक परीक्षा,
ग) सीप परिक्षण,
घ) अन्तर्वार्ता र
ङ) आयोगले समय समयमा तोकेका अन्य तरीकाहरु ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.