नेपालको मानचित्रमा मध्य पश्चिम क्षेत्रमा अवस्थित एक ऐतिहासिक पृष्ठ भुमीले सु-सज्जित यस गाउँपालिका संघीय संरचना अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरुमध्ये पहाडी पाल्पा जिल्लाको पश्चिमी भागमा पर्ने यस जिल्लाकै नमुना गाउँपालिकाको रुपमा चिनिन्छ। यस गाउँपालिकाको नाम रैनादेवी छहरा गाउँपालिका रहेको छ। नेपाल सरकारले संविधानको भावना र मर्म अनुसार तोकिएका अधिकार र दायित्वलाई पुरा गर्ने हेतुले viable, sustainable and competent सरकारको रुपमा र केन्द्र सरकारको विकल्प नभै सहअस्तित्व, सहसम्बन्ध र समन्वयका आधारमा प्रतिस्पर्धाको भावना र जनताको नजिकको सरकारको रुपमा विकास गर्ने मनसायले संरचित पाल्पा जिल्लामा रहेका १० वटा स्थानीय तहहरू मध्ये रैनादेवी छहरा गाउँपालिका पनि एक हो । साविकका ८ गाउँ विकास समितिहरू सिद्धेश्वर, सोमादी, भुवनपोखरी, छहरा, मुझुङ, जुठापौवा, बल्ढेङ्गगढी र सत्यवतीलाई मिलाएर एउटा नयाँ संरचना : रैनादेवी छहरा गाउँपालिका निर्माण भएको हो । कुल क्षेत्रफल १७५.८८ वर्ग किलोमिटरमा फैलिएको यस गाउँपालिकाको २०७८ को जनगणना अनुसार जनसंख्या २३,१४९ रहेको छ । १० वटा स्थानीय तह मध्ये सबैभन्दा धेरै जिल्ला (३ जिल्ला) सँग सिमाना जोडिएको रैनादेवी छहरा गाउँपालिकाको पूर्वमा रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिका, पश्चिममा आर्घाखाँची जिल्ला, उत्तरमा गुल्मी जिल्ला तथा दक्षिणमा रुपन्देही जिल्ला पर्दछ। ऐतिहासिक धार्मिक धरोहर रैनादेवी मन्दिर र प्रकृतिको अनुपम छटा छहराको समिश्रणबाट यस गाउँपलिकाको नाम रैनादेवी छहरा राखिएको हो । यस गाउँपालिकामा ५१ इ.सि.डी, ३५ प्राथमिक विद्यालय, १५ आधारभुत विद्यालय, १२ माध्यमिक विद्यालय, १ वटा क्याम्पस तथा २ वटा प्राविधिक शिक्षालय रहेका छन् । यस गाउँपालिकामा प्रमुख बजार क्षेत्रको रुपमा अमलाबास बजार, छहरा बजार, जुठा बजार, मेहलढाप बजार रहेका छन् । ती बजारहरूमा स्थानीय जनशक्तिलाई आवश्यक पर्ने विभिन्न खाद्य सामाग्री लगायतका आधारभूत रूपमा आवश्यक पर्ने सम्पूर्ण वस्तुहरू उपलब्ध रहेका छन् । धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना रहेको यस क्षेत्रको प्रमुख पेशा कृषि, व्यापार र नोकरी रहेको छ । खासगरीकन व्यवसायिक रूपमा सुन्तला र टमाटर खेतिका लागि स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको यस गाउँपालिकामा अलवा दालचिनी, पाखनवेद, टिमुर, बेसार, गुरास, गुर्जो लगायतका विभिन्न औषधीजन्य जडिबुटीहरू पनि प्राप्त गर्न सकिने हुँदा यस क्षेत्र प्रकृतिको देन नै भन्दा फरक नपर्ला ।
मगर समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा क्षेत्री, बाहुन, दमाई, कामी, कुमाल लगायतका विभिन्न जातजाती रहेका छन् । विभिन्न जातजातीमा समन्वयात्मक बहुल संस्कृति रहेको छ । यस गाउँपालिकाका विभिन्न महत्वहरू रहेका छन् जसमा यस गाउँपालिकामा जातअनुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुने गर्दछन् , जातिय संस्कृतिको पहिचान जस्तै : सोरठी नृत्य, कौडा नाँच, रोदी इत्यादी, विभिन्न औषधीजन्य जडिबुटिको उपलब्धता, सेता दन्तलहरले सजिएका हिमालहरूको काखमा स्वचछ र सफा वातावरण, पर्यटन प्रबर्द्धनको लागि अत्याधिक सम्भावना, विभिन्न धार्मिक स्थल रैनादेवी मन्दिर, कालिका मन्दिर, बल्ढेङगढी मन्दिर लगाएतका पर्यटकीय स्थल, फलफुल तरकारीमा आन्तमनिर्भर रहेको छ ।
यसै सन्दर्भमा यस गाउँपालिकाका विभिन्न चुनौतिहरु पनि रहेका छन् जसमा गाउँपालिकाको भौगोलिक विकटताका बाबजुद पुर्वाधार विकास गर्नु छरिएर रहेको बस्तीका कारण प्रत्येक नागरिकको घरदैलोसम्म सेवा प्रवाह गर्नु, अधिकांश जनता गरिबीको रेखामुनी रहेको हुँदा तिनिहरुको जीवनस्तरमा वृद्धी गर्नु, भिरालो भेग बढी भएको हुदाँ पहिरोले जोखिमग्रस्त भुभाग, बसाइसराइ दर उच्च रहेकोले त्यसलाई नियन्त्रण वा न्युनिकरण गर्नु इत्यादी। यि विभिन्न चुनौतिहरु हुदाहुदै पनि यहा अत्यधिक मात्रामा अवसर पनि रहेका छन् जसमा सुन्तला, किवि, मकैजस्ता, कृषीजन्य उत्पादन राम्रो हुने हुदा व्यवसायिक रुपमा कृषि पेशा अपनाई आर्थिक वृद्धि गर्ने ,प्रशस्त मात्रामा सल्ला पाइने हुँदा सल्लाको खोटो संकलन गरी प्रर्याप्त आम्दानी गर्ने, पर्याप्त मात्रामा घाँस स्याउला पाइने हुँदा गाई भैसी बाख्रा पालन गरी दुध, मासुको उत्पादन सजिलै गर्न सकिने, प्रशस्त मात्रामा ढुंगा, गिट्टी पाइने हुदाँ त्यसबाट प्रशस्त मात्रामा राजस्व संकलन गर्न सकिने, दालचिनी, पखान, टिमुर, बेसार, अदुवा, कुरिलो लगायतका जडिवुटी प्रशस्त मात्रामा पाइने हुदा त्यसको व्यापार फस्टाउने, राजस्व संकलन गर्न सकिने, चुनढुङ्गा पर्याप्त मात्रामा पाइने हुदा सिमेन्ट उद्योग स्थापना गरी रोजगार सिर्जना गर्न सकिने,यस गाउँपालिकामा रहेका कालिका, बल्ढेङ्गगढी लगायतका क्षेत्रलाई पर्यटकीय स्थलका स्थापना गरी प्रशस्त आम्दानी गर्ने जस्ता अनगिन्ति अवसरहरुको यहाँ उपलब्ध रहेका छन् ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.