Rajapur Municipality Home / Directory
Rajapur Municipality
Rajapur, Bardiya
Government
Office Info
Address Rajapur, Bardiya

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने राजापुर नगरपालिका भौगोलिक हिसाबले २८ २१" २५.१६' देखि २८ २९' ४३" उत्तरी आक्षांश र ८१ ३' २५.६३'' देखि ८१ १२' ५२" सम्म पूर्वी देशान्तरसम्म फैलिएको छ । समुद्र सतहबाट १४२ मिटर देखि १५४ मिटर सम्मको उचाइमा अवस्थित राजापुर नगरपालिका ऐतिहासिक तथा धार्मिक महत्व बोकेको एउटा प्रमुख कृषि क्षेत्र हो । १२७.०८ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा गेरुवा गाउँपालिका र कैलाली जिल्ला, पश्चिमतिर कैलाली जिल्ला, दक्षिणमा भारत र पूर्वमा मधुवन नगरपालिका रहेका छन् ।

 

राजापुर नगरपालिकालाई २०७१ पौष २५ गते साविकको दौलतपुर, नयाँगाउँ, राजापुर, बदलापुर, भिम्मापुर र मानपुर टपरा गा.वि.स. समावेश गरी १९ वडा सहितको राजापुर नगरपालिका घोषणा गरीएको थियो भने मिति २०७३ फागुन २२ गते साविकको राजापुर न.पा. र खैरिचन्दनपुर गा.वि.स. समावेश गरि जम्मा १० वडा कायम गरेको छ । यस नगरपालिकाको नाम राजापुर रहनुको कारण विभिन्न जनविश्वास र ऐतिहासिक पृष्ठभुमि रहेका छन् । कहिले गोलामण्डी, कहिले राजापुर नाम भएको यस ठाउँमा राजाराम कुर्मीको नामबाट राजापुर भएको हो भन्ने कथन रहेको छ भने अर्को कथन अनुसार यस ठाउँमा पहिला ठकुरी जातिका राजारजौटाहरुले बसोबास गर्थे पछि राजा राजा हुंदै राजापुर भएको हो भन्ने विश्वास पाइन्छ । नगरपालिकामा पठनपाठनका लागि २९ वटा आधारभुत (१–५), ९ वटा आधारभुत (१–८), ६ वटा मा.वि. (१–१०) र ६ वटा मा.वि. (१–१२) गरी जम्मा ५० वटा विद्यालय र ७५ वटा बालविकास केन्द्रहरु शिक्षण संस्थाहरु रहेका छन् ।

 

बर्दिया जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा धेरै सम्भावना बोकेको नगरपालिकाको रुपमा राजापुर नगरपालिका त छँदैछ यसका अतिरीक्त सचेत राजनैतिक दल र उत्प्रेरीत नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । घरधुरी तथ्याङ्क संकलन खानेपानि, सररफाइ तथा स्वच्छता योजना २०७७ अनुसार कुल ज‌नसख्या ६९,८७३ मध्ये महिला ३४५६१ र पुरुष ३५३१२ छन । यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । सबैभन्दा बढी तराई जनजाति ५६,६६७ जना (८१.१%), दोस्रोमा पहाडी ब्राम्हण÷क्षेत्री ७,३३७ (१०.५%) र तेस्रोमा पहाडी दलित २,५२२ (३.६१%) हरुको बसोबास रहेको छ । शहरी र ग्रामिण क्षेत्रको रुपमा रहेको नगरमा ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् ।

 

औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । विगतमा योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघि, होलि, गौरा, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, छठपर्व, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.