Rajbiraj Municipality Home / Directory
Rajbiraj Municipality
Government
Office Info
Address Not available
Email 2 ito.rajbirajmun@gmail.com
Email 3 info@rajbirajmun.gov.np

राजविराज नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको मधेश प्रदेश अन्तर्गतको सप्तरी जिल्लामा पर्ने एक स्थानीय तह हो ।

यो नगरपालिकाको नाम प्राचीन राजदेवी मंदिरसँग जोडिएको छ राजदेवी माँता यस भुमिमा विराजमान रहेको मान्यता अनुरुप यस नगरपालिकाको नाम राजविराज राखिएको हो । यो नगरपालिकाले नेपालको आधुनिक इतिहासमा एक सक्रिय राजनितिक शहरको रुपमा रहदैआएको छ । यस क्षेत्रका केही व्यक्तिहरु देशको प्रसिद्द प्रभावशाली व्यक्तित्वहरुको रुपमा रहदै आएको छ ।

यो नगरपालिकाको क्षेत्रफल ५५.६४ वर्ग कि. मि. रहेको छ । राष्ट्रिय जनगणना २०७८  प्रतिवेदन बमोजिम यस नगरपालिका भित्र  घरपरिवार संख्या १४१३३, कुल जनसंख्या ७०८०३ मध्ये पुरुष ३६२८४ र महिला ३४५१९ रहेको छ । यो जिल्लाको सबै भन्दा पुरानो नगरपालिकाको साथ साथै सगरमाथा अञ्चल र सप्तरी जिल्लाको सदरमुकाम रहेको थियो । यो नगरपालिका नेपालको मधेश प्रदेशकोपूर्वी-दक्षिणी क्षेत्रमा रहेको छ । राजविराज नगरपालिका, नगरकार्यपालिकाको कार्यालय राजविराज वडा नं. ७ मा जिल्ला अदालत तथा  भगवती मन्दिर  सँगै रहेको छ । राजविराज शहर व्यवस्थित रुपमा ई.स. १९३८ मा भारतको जयपुर बजारको डिजाइन अनुसार बनाईएको हो । राजविराज नगरपालिका जिल्ला सप्तरीको झण्डै मध्य भागमा अवस्थित छ । यो शहरलाई बि.स. २०१६ सालमा मा नगरपालिका घोषणा गरिएको थियो । साविकको राजविराज नगरपालिका, गा.वि.स.हरु (मलेठ, दिघवा, फर्सेठ, बिष्हरिया, देउरी भरुवा) र केही गा.वि.स.को वडाहरु (हरिपुर-६, को. मध्येपुरा ४-७, बोरिया ३-७) लाई सामावेश गरी हाल १६ वटा वडाहरु यस नगरपालिकामा रहेको छ । राजविराजको दुरी नेपालको केन्द्रीय राजधानी शहर काठमान्डौंबाट मुंग्लिन बजार-भरतपुर-हैटौडा-पथलैया-मिर्चैया-लहान-रुपनी हुदै ४५७ कि.मि. पर्दछ भने काठमान्डौबाट अरनिको राजमार्गको सानोठिमी - वनेपा - धुलिखेल र बि. पि. राजमार्गको–धुलिखेल- नेपालथोक - खुर्कोट -  सिन्धुलीमाढी- बर्दिवास र महेन्द्र राजमार्गको ढल्केवर - मिर्चेया - लहान - रुपनी हुदै २९७ कि. मि. पर्दछ , महेन्द्र राजमार्गको रुपनी  खण्डबाट १० कि.मि. दक्षिणमा राजविराज रहेको छ । राजविराज नगरपालिका देखि भारत को कुनौली बजार ११ कि. मि. दक्षिणमा पर्दछ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.