Rapti Sonari Rural Municipality Home / Directory
Rapti Sonari Rural Municipality
Agaiya
Government
Office Info

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने बाँके जिल्लाको पूर्व उत्तर क्षेत्रमा अवस्थित छ, राप्ती सोनारी गाउँपालिका । मुलुक संघीय संरचनामा गएसंगै नेपाल सरकार निर्णय बमोजिम यस गाउँपालिकाको स्थापना वि.सं. २०७३/११/२७ गते भएको हो । यो गाउँपालिका जनसंख्याको हिसाबले नेपालकै दोश्रो ठूलो गाउँपालिका हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको  जनसंख्या ६७७८२ (महिला ३५७६७ र पुरुष ३२०१५) रहेको छ । मूलरुपमा थारु समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पहाडी समुदाय, मधेसी समुदाय र मुस्लिम समुदायको बसोवास रहेको छ । कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि. रहेको यो गाउँपालिकाको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्जले ओगटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा. र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा. र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका आफैमा एक उपत्यकाको रुपमा रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.