Road Division, Pokhara Home / Directory
Road Division, Pokhara
Pokhara, Kaski
Government
Office Info
Address Pokhara, Kaski
Website dor.gov.np

विगतमा लामो दूरी तय गर्न पनि खुट्टाको सहारा लिनु पर्ने र पैदलै कोशौ यात्रा गर्नु पर्ने अवस्थाको अन्त्य गर्दै जब देशमा पक्की मोटर चल्ने बाटोको निर्माण थालनी भयो त्यस सँगै सो कार्यलाई योजनाबद्ध र व्यवस्थित रुपले सम्पादन गर्न कार्यालय र कर्मचारीको आवश्यकता महसुस हुन थाल्यो फलत  विभिन्न जिल्ला तथा स्थानहरुमा जिल्ला सडक कार्यालयहरुको स्थापना गरियो भने केन्द्रमा सडक विभागको स्थापना भयो ।
 

हालको प्रदेश नं ५ अन्तर्गत रुपन्देही जिल्लाको सुनौली देखि पाल्पा स्याङ्गजा हुँदै कास्की जिल्लाको पोखरा जोड्ने गरी १८४ कि.मि. लामो सडकको निर्माण कार्य थालनी वि.सं. २०१४/०१५ तिर भएको र विगतमा सो आयोजनाको नामाकरण एस.पि.आर भनि उल्लेख भएको पाइन्छ । मित्र राष्ट्र भारतको आर्थिक सहयोगमा सञ्चालित सो आयोजना सञ्चालन गर्न दक्ष प्राविधिकहरु पनि भारत वाटै झिकाइएको र निर्माण सामाग्रीहरु पनि सोही देशबाट आयात गरिएको पाइन्छ । उक्त आयोजना सम्पन्न भए पछि सो राजमार्गको मर्मत संभार सञ्चालनका लागि कार्यालय एवं संगठन निर्माणको क्रममा जिल्ला सडक कार्यालय कास्कीको स्थापना भै तोकिएका कार्यहरु सम्पादन गर्दै आएको र विगतको कार्यालय संरचनामा समयानुकुल परिवर्तन गरी वि.सं. २०५० सालमा साविकको कास्की जिल्ला मात्र हेर्ने परिपाटीमा परिवर्तन गरी कास्कीका अतिरिक्त अन्य जिल्लाका सडक निर्माण, मर्मत, संभार एवं सञ्चालन सम्बन्धि काम गर्दै आएको पाइन्छ । तत्कालिन डिभिजन सडक कार्यालय कास्कीबाट विगतमा कास्कीका अलवा स्याङ्ग्जा, धवलागिरी अञ्चलका पर्वत, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्ग गरी ६ जिल्लामा सडक सम्बन्धी गतिविधि सञ्चालन गर्दै आएकोमा २०७१ आश्विन देखि बाग्लुङ्गमा सडक डिभिजन स्थापना सँगै यसको कार्य क्षेत्र कास्की र स्याङ्गजा जिल्लामा सिमित भै सो जिल्लामा सडक सम्बन्धी विकासात्मक गतिविधि गर्र्दै आएको छ । हाल यस कार्याल्यको प्रमुख रा.प.द्धि (प्राविधिक) डिभिजन प्रमुख रहेको र निज मातहत इन्जिनियर, लेखा अधिकृत, सव–ईञ्जिनियर, नायव सुब्बा, कम्प्युटर अपरेटर, टाइपिष्ट, सि.आ.वा. अपरेटर, खरिदार, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट, खरिदार, का.स. आदि पदमा विभिन्न कर्मचारी कार्यरत रहेको अवस्था छ । 

 


 

कार्य क्षेत्र

  • बिभिन्न बजेट उपशिर्षक अन्तर्गत कास्की र स्यांग्जा जिल्लाका सडक तथा पुल निर्माणका कार्यहरु यस कार्यलयका कार्यक्षेत्र अन्तर्गत पर्दछन् साथै यि दुइ जिल्लाभित्र पर्ने रणनैतिक सडक सञ्जालको मर्मतका कार्यहरु पनि यसै कार्यलयकाो कार्यक्षेत्र अन्तर्गत पर्दछन्।

Linked Organizations

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.