Rolpa Municipality Home / Directory
Rolpa Municipality
Liwang-2, Rolpa MUN, Rolpa, Lumbini
Government
Address Liwang-2, Rolpa MUN, Rolpa, Lumbini
Website rolpamun.gov.np
Toll Free 16608644555

रोल्पा नगरपालिका रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो । पहाडी जिल्लामा पर्ने यो नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्दछ । यस नगरपालिकामा १० वटा वडा रहेका छन् । सडक सञ्जाल , शिक्षा ,पर्यटन जस्ता विविध पक्षहरुमा विकास उन्मुख रुपमा रहेको यो नगरपालिका प्राकृतिक रुपमा अति लोभलाग्दो छ । नगरपालिका भित्र ११ वटा माध्यामिक विद्यालय, ५५ वटा आधारभूत विद्यालय , ४ वटा निजी स्कुलहरु पनि रहेका छन । जलजला वहुमुखी क्याम्पस , कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट (CNRM), माडिचौर रोल्पा तथा रोल्पा पोलिटेक्निक कलेज ,मेवाङ रहेको यो नगरपालिका शिक्षा क्षेत्रमा पनि उन्मुख हुदै गरेको छ । लुम्बिनी प्रदेशमा रहेको यो क्षेत्र पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतपर्ने   भालुवाङबाट चकचके हुदै रोल्पा नगरपालिका पुग्न करिव १०६ कि. मि.को दूरी पार गर्नु पर्दछ ।

सांस्कृतिक उत्कृष्टता

मगरहरुको बाहुल्यता रहेको यस नगरपालिकामा मगर, क्षेत्री, दलित, सन्यासी/दशनामी, कामी, ब्राम्हण, दमाई/ढोली, गुरुङ, ठकुरी, नेवार, घले, सार्की, जातीहरुको बसोबास रहेको छ । यस नगरपालिकामा हिन्दू, वौद्ध, इसाई, धर्मावलम्वीहरुको बसोबास छ । यस नगरपालिकामा सबैभन्दा बढी हिन्दू धर्मावलम्वीहरूको जनसंख्या रहेको पाइन्छ । यस नगरपालिकामा सबैभन्दा बढी नेपाली भाषा बोलिन्छ । नेपाली भाषाको साथसाथै स्थानीय मगर खाम भाषा बोल्ने गरिन्छ । दशै, तिहार, तिज, माघेसङ्क्रान्ति र भूम्या यस क्षेत्रका प्रमुख पर्व हुन् । यस नगरपालिकामा सोरठी नाच, देउसी भैलो, सारंगी नाच, पञ्चमी नाच  र लोकवाङी (भुमे) नाच नाचिन्छ । मगर समुदायको अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रमुख गन्तव्य स्थल बन्ने सम्भावना छ ।

जलजला ,सातदोवाटो र दारवोट जस्ता उच्च स्थानमा रहेका ठाउँहरुले गर्दा पनि यो नगरपालिका साच्चिकै मनोरम रहेको छ । यो नगरपालिकाको आफ्नै रीति-रिवाज, भाषा, धर्म र संस्कृति रहेको छ । मगरहरुको वाहुल्यता रहेको यो क्षेत्रमा व्राह्मण, क्षेत्री, गुरुङ, नेवार र दलित जातीहरुको पनि वसोबास रहेको छ । पैसेरु नाच, सारङ्गी, सोरठि, लोकवाङी जस्ता नाचका साथै अन्य विभिन्न संस्कृति झल्काउने नाच हरु पनि यो ठाउँमा नाचिन्छ ।

वि.सं.२०७८ सालको जनगणना अनुसार रोल्पा नगरपालिकाको जनसंख्या ३५,३७६ रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन । चारैतिर वगेको नदि तथा जलजला, सातदोवाटा र दारवोट जस्ता उच्च स्थानमा रहेका मनोरम ठाउँ हरुले गर्दा पनि यो नगरपालिका साच्चिकै मनोरम रहेको छ । यो नगरपालिकाको आफ्नै रिति-रिवाज, भाषा, धर्म र संस्कृति रहेको छ । मगरहरुको वाहुल्यता रहेको यो क्षेत्रमा व्राह्मण, क्षेत्रि, गूरुङ, नेवार र दलित जातीहरुको पनि वसोबास रहेको छ । सारङ्गी, सोरठि जस्ता नाचका साथै अन्य विभिन्न संस्कृति झल्काउने नाच हरु पनि यो ठाउँमा नाचिन्छ ।

रोल्पा नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.