Ruby Valley Rural Municipality Home / Directory
Ruby Valley Rural Municipality
Sertung, Ruby Valley RM, Dhading, Bagmati
Government
Address Sertung, Ruby Valley RM, Dhading, Bagmati
Social Media

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमती प्रदेशमा अवस्थित छ । साविकको तिप्लिङ गा.वि.स., सेर्तुङ गा.वि.स. र लापा गा.वि.स.को सम्पूर्ण भु-भाग समेटेर यो गाउँपालिकाको घोषणा भएको हो। यस रुवीभ्याली गाउँपालिका विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रसस्त मात्रामा पाउन सकिन्छ । विश्वको निश्चित ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस गाउँपालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्ने भएकोले नै यस पालिकाको नाम रुवी भ्याली गाउँपालिका नामकरण गरिएको हो। भू-आकृतिमा झन्डै गोलाकार आकारमा रहेको रुवी भ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला,पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गाजमुनासँग जोडिएको छ । पाविल हिमाल, गणेश हिमालको काखमा रहेको यो गाउँपालिकाको मनोरम हिमदृश्य ,हिमालय पर्बत बाट उत्पति भई यस गाउपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आंखु खोलाको सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस गाउँपालिकामा रहेको कालो दह, सेतो दह, ताताे पानी कुण्ड, पाङसाङ भ्यु, माने डाँडा, नाग पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुण्ड, सोम्दाङ, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजनरूपी संगमस्थलको रुपमा पनि परिचित छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.