Sabaila Municipality Home / Directory
Sabaila Municipality
Sabaila, Dhanusha
Government
Office Info
Address Sabaila, Dhanusha

नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारको स्थानीय तहहरूको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय गरे अनुसार मध्यमान्चल विकास क्षेत्र अन्तर्गत साविक जनकपुर अन्चलको दक्षिणी भागमा अवस्थित धनुषा जिल्लाको ९ वटा साविकका गा.वि.स.हरु पटेर्वा, सबैला, मनहर्वा, ठिल्ला, यदुवा, सतोषर, खरिहानी, कजरा रमौल र रघुनाथपुर गा.वि.स. हरूलाई समायोजन गरी सबैला नगरपालिका गठन गरिएको हो । संघिय शासन प्रणाली अवलम्वन गर्ने संवैधानिक व्यवस्था अनुरूप ७ प्रदेशमा विभाजित नेपालको मधेश प्रदेश मा अवस्थित धनुषा जिल्लाको पूर्व-उत्तरमा सबैला नगरपालिका पर्दछ । सबैला नगरपालिकाको कार्यालय धनुषा जिल्लाको सदरमुकाम, धनुषा बजारबाट १७.८ कि.मि. को दूरीमा अवस्थित रहेको छ । यस नगरपालिकामा १३ वटा वडा रहेका छन् । समुन्द्री सतहबाट लगभग ८५ देखि ११२ मीटर उचाई सम्म फैलिएको यो नगरपालिकाको जम्मा कूल क्षेत्रफल ६४.४७ वर्ग कि.मि. रहेको छ । यस नगरपालिकाको पश्‍चिमपट्टी धनुषाधाम नगरपालिका, उत्तरपट्टी गणेशमान चारनाथ नगरपालिका, पूर्वमा कमला धार र दक्षिणमा शहिदनगर नगरपालिका रहेको छ । यस नगरपालिकाको घरधुरी संख्या १२,४३० र जम्मा जनसंख्या ६२,२८२ रहेका छन्, जस मध्ये पुरूष ३०,०८२ र महिला ३२,२०० रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.