Sandakpur Rural Municipality Home / Directory
Sandakpur Rural Municipality
Maburoad, Deurali Bazar
Government
Office Info
Address Maburoad, Deurali Bazar
सन्दकपुर गाउँपालिका साविकका माईमझुवा, सुलुवुङ्ग, मावु, जमुना गाविसहरु र माईपोखरी गाविसको ४ देखि ९ सम्मका वडा मिलाएर साविकका ४२ वडाहरुको जनसंख्या र भूगोललाई आधार वनाएर पाँच वटा वडामा विभाजन गरि नेपालको सुदुरपूर्वी सुन्दर इलाम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्राकृतिक,संस्कृतिक,धार्मिक एवं भौगोलिक रुपमा एक सुन्दर र धनी स्थानीय तह हो । देशमा कूल ७५३ स्थानीय तह मध्ये सन्दकपुर गाउँपालिका जनसंख्याको हिसावले १३३ औ सानो स्थानीय तह हो भने क्षेत्रफलको आधारमा ४७७ औ सानो स्थानीय तह हो । यस गाउँपालिकाको केन्द्र वडा नं.१ र ३ मा पर्ने देउराली बजार मावुमोडमा अवस्थित छ । कृषि तथा पशुपालन, वैदेशिक रोजगार तथा जडिवुटि खेतीे यहाँका मानिसहरुको प्रमुख व्यवसाय हो । राई, लिम्वु वाम्हण, क्षेत्री, शेर्पा, सुनुवार ,तामाङ्ग, गुरुङ्ग, मगर ,दमाइ, कामी, भुजेल भोटे र थामी जस्ता जातजाति यहाँ बसोवास गर्दछ ।यहाँ हिन्दु किराँत वौद्ध क्रिश्चियन जस्ता धर्मवालम्भी हरु बसोवास गर्दछन । साकेला वा उधौलीउभौली, दशै, तिहार, ल्होसार क्रिसमस जस्ता प्रमुख चाडपर्वहरु माईन्छ । मारुनी, संगेनी, बालन, हाकपारे केलाङ्ग, साकेला नाँच, हुर्रा, आदी यस क्षेत्रमा पाईने साँस्कृतिक नाँचहरु हुन ।उचाईको हिसावले हेर्दा यहाँको धरातलीय भूवनोट ९०० मिटर देखि ३६३६ मिटर सम्म लेकवेसी रहेको यस गाउँपालिका हावापानी, वनस्पति, जनावर तथा अन्य थुप्रै हिसावले विविधता भएको गाउँपालिका हो । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल माईपोखरी यसै क्षेत्रमा पर्दछ । बिभिन्न लोपउन्मुख चराचुरुङ्गी,बनस्पतीहरु र जीवहरु जस्तै ठकठके, रेडपाण्डा चौरी यस क्षेत्रको थप आकर्षणको रुपमा रहेको छ । समग्रमा सन्दकपुर गाउँपालिका ,संस्कृतिक,धार्मिक एवं भौगोलिक र पर्यावरणीय तथा जैविक विविधताको रुपमा निकै धनी गाउँपालिका हो ।
 
गाउँपालिकाको नामाकरण: 
यस गाउँपालिकाको नामाकरणको सम्वन्धमा अनेको किम्वदन्तीहरु छन् । स्थानीय मानिसहरुको आ– आफ्नै भनाईहरु रहेको पाइन्छ । परापूर्व कालमा ऋषिमुनीहरुले (सन्तहरुले) तपस्या गर्ने गरेको र उक्त डाडाँमा समाधी प्राप्त गरि हिउँले सन्तलाई सोही डाडाँमा पुरिएको भन्ने किम्मदन्ती रहेको छ । त्यस डाँडालाई त्यसै घटनाबाट सन्तपुर भनिएको र पछि अपभ्रंस भई सन्दकपुर नामाकरण भएको स्थानीयहरुको भनाई छ । यस सन्दकपुर डाँडा वडा न २ माईमझुवाका र वडा नं. ४ मावुको सिमानामा पर्नेे समुन्द्री सतहबाट ३६३६ मीटरको उचाईमा अवस्थित छ जहाँबाट विभिन्न हिमश्रृंखलाहरुको रमणीय दृष्यहरु अवलोकन, सूर्योदय, प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकनका गर्न सकिन्छ । तर्सथ प्रसिद्ध पर्यटकीय स्थलका रुपमा रहेकोे यसे सन्दकपुर भन्ने डाँडाका नामबाट यस गाउँपालिकाको नाम राखिएको छ । नेपाल भारत सिमानामा पर्ने सन्दकपुर भारतीय पर्यटन नक्सामा सन्दकफू नामले प्रसिद्ध छ । ‘सन्दक्फू’ लाप्चा भाषाको शब्द हो जसको अर्थ बिखमा, उच्च पहाडी भेगमा पाइने एक बहुमुल्य बहुऔषधीको गुण भएको जडिबुट्टी भन्ने हुन्छ । सोही सन्दक्फु शब्दबाट अपभ्रम्स भई सन्दपुर नामाकरण भएको अर्का थरीको भनाई पनि रहेको छ ।   
 
भौगोलिक अवस्थिति:  
यस गाउँपालिकाको पूर्वमा भारत दार्जिलिङ जिल्लाको सिंहलिला नेशनलपार्कसँग सिमाना जोडिएको छ भने पश्चिम, उत्तर र दक्षिणमा क्रमशः इलाम नगरपालिका, पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका र माईजोगमाई  गाउँपालिका पर्दछन् । दक्षिण पश्चिममा मेची राजमार्गको समिपमा रहेको यस गाँउपालिकाको पूर्वी भागमा निर्माणाधीन सीमा सडक समेत पर्दछ । समुद्र सतहबाट औषत ९०० देखी ३६३६ मिटरको उचाईमा  फैलिएको यस गाउँपालिकामा विविध  हावापानी  पाइन्छ । यस सन्दकपुर गाउँपालिकाको केन्द्रीय कार्यालय २७० ००’ ४९’’ उत्तरी अक्षांश देखी ८७० ५५’४२’’ पूर्वी देशान्तरमा समुद्र सतहबाट करिब २१२१ मिटरमा माईपोखरी नजीकै रहेको एैतिहासिक देउराली बजार, मावुमोड वडा नं. ३ सुलुवुङमा रहेको  छ ।  
 
क्षेत्रफल:
जिल्लाको कूल १७०६ वर्ग कि.मी क्षेत्रफल मध्ये १५६.०१ वर्ग कि.मी यस गाउँपालिकाले ओगटेको छ । पछिल्लो राजनैतिक विभाजनका आधारमा कूल ७५३ स्थानीय तहहरु मध्ये क्षेत्रफलको आधारमा यो गाउँपालिका ४७७ औ सानो स्थानीय तह हो भने गाउँपालिकाहरु मध्ये १३३ औ सानो स्थानमा पर्दछ । इलाम जिल्लामा रहेका दशवटा स्थानीय तह मध्ये यो छैटाैं स्थानमा पर्दछ । 
 
भौगोलिक स्वरुप :
इलाम जिल्लाको उत्तर–पूर्वी भागमा अवस्थित यो गाउँपालिकाको माथिल्लो भूभागहरु महाभारत हिमश्रृंखलामा पर्दछ । भूवनावटको हिसावले धेरै जसो जमिन भिरालो र माथिल्लो भूभागमा ठूला ठूला चरनका फाँट र बनजंंगलले ढाकेको छ भने बेसीमा केही भूभाग टारी रहेको छ । धरातलीय र हावापानीको हिसावमा  विविधता भएकाले वाह्रै महिना एकै नासको हावापानी यहाँ पाइदैन । हिउँदमा माथिल्लो भागमा हिमपात हुने भएकोले निकै चिसो हुने तथा दक्षिणी क्षेत्रमा न्यानो हावापानी पाइन्छ । उत्तर तर्फ रमाईला भंञ्ज्याङ्गहरु, भिराला जमिनहरु रहेका छन् भने जमुना, सुलुवङ्गको टारी गैरीगाउँ जस्ता स्थानहरुमा फाँटिला टारहरु रहेका छन् ।  भौगोलिक स्वरुपमा विविधता भएकै कारण उत्तर तिर  खासगरी  टुण्डा कोणधारी सदावहार वनस्पतिहरु, धुपिसल्ला, लेम्चोङ, सतुवा, विखमा, पाँचऔला, हड्चुर ,पाखनबेत ,यार्चागुम्वा ,चमेली, ओखेआलु, बुढीओखती, चिङ्गफीग, खानक्पा, टिमुर ,चिराइतो ,लौठसल्ला ,विभिन्न प्रजातिका चाँप,लालीगुरासँ सुनाखरी तथा अन्य औषधीजन्य दुर्लभ वनस्पितिहरु र जडिवुट्टीहरु प्रचुर मात्रामा पाइन्छ भने दक्षिणी भागमा मूलत होचो र खोला किनार टारहरु, औषत समशितोष्ण हावापानी रहेको हुनाले चिलाउने उतिस ,मलातो जस्ता विरुवाहरुको वाहुल्यता रहेको छ । यी भूभागहरुमा किवि, सुन्तला, अलैची, चिया, नस्पती, धान खेती, दलहन खेती, पशुपालन, सव्जीखेती आदिको राम्रो सम्भावना रहेको छ ।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.