नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने रुकुम (पश्चिम) जिल्लामा अवस्थित सानीभेरी गाँउपालिका नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका मध्ये एक हो । रुकुम जिल्लाको प्रसिद्ध सानीभेरी नदीबाट यस गाँउपालिकाको नाम रहन गएको हो ।जैविक विविधता र पहाडहरुले घेरेको सानीभेरी गाँउपालिकामा साविक गा.वि.स. हरु सिम्ली, गरायला, अर्मा, दुली (१, २, ३, ७, ८ र ९) र पुर्तिमकाँडा (१, २, ३, ६, ७ र ८) भु-भाग ओगेटेर बनेको यस गाँउपालिकाको कुल क्षेत्रफल १३३.८ वर्ग किलोमिटर तथा जनघन्त्व १८५ प्रति वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र सिम्लीमा रहेको छ । जम्मा ११ वडाहरुमा विभाजन गरिएको यस गाँउपालिकाको सिमाना पूर्वमा मुसिकोट नगरपालिका र बाँफिकोट गाँउपालिका, पश्चिममा जाजरकोट जिल्ला, उत्तरमा आठविसकोट नगरपालिका र दक्षिणमा चौरजाहारी नगरपालिका र त्रिवेणा गाउँपालिका रहेको भौगोलिक र प्रशासनिक बनोट रहेको छ । विविधतापूर्ण जातीय पहिचान रहेको । यस गाँउपालिकामा जनगणना २०७८को अनुसार पुरुष १२०१४, महिला १२७४५ तथा घरधुरी संख्या ५२९२ गरि कुल जनसंख्या २४७५९ र मतदाता संख्या ११२६६ छ । यस गाउँपालिकाको साक्षरता दर ७५.०७ %, परिवारको औसत आकार ४.६८, लैङ्गिक अनुपात ९४.२६, वार्षिक जनसंख्या वृद्धिदर १.०५%, रहेको छ । निर्वाचन पश्चात जनप्रतिनिधिहरुको पदबहाली पहिलो पटक २०७४ जेष्ठमा सम्पन्न भई, सम्पूर्ण वडा कार्यालयहरु अस्थायी रुममा स्थापना भएर जनप्रतिनिधिद्धारा प्रभावकारी सेवा प्रवाह कार्य भईरहेको छ।
Showing the latest 12 of 18 notices.
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.