Saptakoshi Municipality Home / Directory
Saptakoshi Municipality
Tulsi Chowk, Saptari
Government
Office Info
Address Tulsi Chowk, Saptari
Fax 031-550119

संघिय संरचना पश्चात नेपालको प्रदेश नं. २ को सप्तरी जिल्ला स्थित यो सप्तकोशी नगरपालिका साविकका गा.वि.स. हरु फत्तेपुर,ओद्राहा, र कमलपुर मिलाई २०७१/०८/१६ का दिन घोषणा भएको हो | नेपालको पवित्र एवं सवैभन्दा ठुलो नदीको रुपमा चिनिने सप्तकोशी नदीको नामबाट नामाकरण गरिएको यो नगरपालिका प्राकृतिक स्रोत र साधनले सम्पन्न, ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ | कुल ६०.२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा ११ वटा वडा रहेका छन् जसमा विभिन्न जातजाती, भाषाभाषी तथा संस्कृति र परम्पराले भरिपुर्ण करिब २७,००० जनसंख्याको बसोबास रहेको छ | यस नगरपालिकाको पूर्वमा सप्तकोशी नदि तथा कोशी टाप्पू वन्यजन्तु आरक्ष पश्चिममा चुरे पहाड,उत्तरमा त्रियुगा नदि तथा बेलका नगरपालिका, दक्षिणमा कन्चनरुप नगरपालिका बीच अवस्थित रहेको छ | यस सप्तकोशी नगरपालिकाको फत्तेपुर बजारको शिरोभागमा ऐतिहासिक चन्द्रनहरको सि‌चाई प्रणालीमा त्रियुगा नदीको मुलधार प्रवाहित भइ बगिरहेको परिवेश अवस्थित छ | साथै याे नगरपालिका पुर्व,पश्चिम हाइवेको कन्चनपुर देखि १२ कि.मि. उत्तरमा अवस्थित छ | नेपालको प्रथम चन्द्रनहर, पौराणिक कोशी मेला, कमल दह पर्यटकीय स्थल सिमसार क्षेत्र तथा अर्नाको लागि होटेल पर्यटन हाति सवारकाे सम्भावना भएको पूर्वको सौराहाको रुपमा लिईने प्रसिद्ध कोशी टप्पु बन्यजन्तु आरक्ष, तुलसी चौक पिकनिक स्पोर्ट र चुरेक्षेत्रको घना जंगल तथा मनोरम ठुम्काहरुले यस नगरपालिकामा पर्यटन पर्यावरणको प्रचुर सम्भावना बोकेको देखिन्छ |

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.