Sarumarani Rural Municipality Home / Directory
Sarumarani Rural Municipality
Baddanda, Pyuthan
Government
Office Info
Address Baddanda, Pyuthan
Email 2 sarumarani2073@gmail.com

प्यूठान जिल्लाको सदरमुकाम देखि १७ कोष दक्षिणमा महाभारत श्रृखलाको तल्लो भागमा  भित्री मधेश र चुरे पहाडि क्षेत्रमा यो सरुमारानी गाउँपालिका अवस्थित रहेको छ । धार्मिक  हिसावले महत्वपुर्ण मानिने स्वर्गद्धारी जाने प्रवेशद्धारको रुपमा यो गाउँपालिका रहेको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ्गको भालुवाङ्गबाट ८ कि.मी. उत्तर तिर यस गाउँपालिकाको सिमारम्भ हुन्छ । यो गाउँपालिका साविक बाङ्गेसाल, हंसपुर, ढङ्गेगढी गाविस पुरै र तिराम गाविसको वडा नं. ५ देखि ९ र धुवाङ गाविसको वडा नं. ७ र ८ गाभिएर हाल ६ वटा वडा बनेको छ भने यसको केन्द्र साविक ढुङ्गेगढी गाविसको बड्डाँडा र हालको ०४ नं वडामा रहेको छ । यस गाउँपालिकाको नामाकरण यहाँ रहेको भौगोलिक सबैभन्दा अग्लो पहाड सरुमारानीबाट रहेको हो, यो पहाड साविकको ढुंगेगढि र तिराम गाविसमा हालको सरुमारानी वडा नं ०४, ०५ र ०६ को सिमानामा पर्दछ, सरुमारानी पहाडको नाम कसरी रहयो भन्ने विषयमा बाइसे चौविसे राज्यको समयमा त्यस ठाउँ कि रानी अग्लो पडाडको टुप्पा अर्थात शिरमा गएर नेपालको दक्षिणी तराई तथा भारतको मनोरम दृश्य हेर्न जानेहुदाँ त्यहाका जनताले शिरमा रानी गएकी छन् अर्थात शिरमा रानी शिरमा रानी भन्दा भन्दै अपभ्रंश भएर सरुमारानी नाम रहन गएको जनविश्वास रहेको छ । पुर्वमा प्युठान जिल्लाको ऐरावती गाउँपालिका र अर्घाखाँचि जिल्लाको सितगंगा नगरपालिका, पश्चिममा दाङ्ग जिल्लाको बंगलाचुली गाउँपालिका, उत्तरमा प्युठानको ऐरावती गाउँपालिका र माण्डवी गाउँपालिका र दक्षिणमा दाङ्ग जिल्लाको राप्ती गाउँपालिका र अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका पर्दछ । चुरे पर्वतको काख र चुरे पर्वतदेखि उत्तर र माहाभारत श्रृखला देखि दक्षिणमा अवस्थित रहेको छ । मोक्ष प्राप्तीको लागी पवित्र स्थल मानीने ऐरावति नजिकै मिसिने राप्ती नदी यहाँको जल श्रोतको प्रमुख श्रोत को रुपमा रहेको छ । यस नदिमा बहुचर्चित नौमुरे बहुउद्देश्यीय  जलविद्युत आयोजना पनि यो गाँउपालिका बासिको सपना रहेको छ । यो नदि स्नान तिर्थको लागी भारतको गंगा नदी जस्तै पवित्र स्थलको रुपमा मानिन्छ । यो नदिको किनारमा रहेका वडा नं ०१ र ०२ को उर्वर भुमिमा सिंचाईको संभावना रहेको छ । यस क्षेत्रमा अत्याधिक सालको वनजंगल रहेको छ । यहाँको जंगलमा चितुवा, रतुवा, घोरल, बँदेल, दुम्सी, बाँदर, खरायो आदी जनावर पाईन्छन भने मयूर, कालिज, चाखुरा, तित्रो लगायतका पंछिहरु पाईन्छन । यहाँका धार्मिक तथा ऐतिहासिक धरोहरहरु जस्तै ऐरावती, झक्रीदमार, छहरे, बराहथान, हंसपुर खड्ग भगवती मन्दीर, सरुमारानी मंदिर, गढिदरवार रानी कुवा, मनोरम सरुमारानी पहाड आदी रहेका छन । यहाँ को मूख्य जातजातीहरु मगर, दलित समुदाय, क्षेत्री, ब्रहामण, मुसलमान, कुमाल, धामी, राउत, गुरुङ, नेवार, कुसुन्डा रहेका छन । यहाँको मुख्य भाषामा नेपाली भाषा रहेको भएपनि मगर भाषा, मुस्लिम भाष र गुरुङ भाषा पनि बोल्ने गरेको पाईन्छ । यहाँका मुख्य पर्वहरु तिज , दशै, तिहार, ईद, तमुल्होसार, माघे संक्रान्ति, जनै पूर्णीमा रहेको र उक्त पर्वहरुमा विभिन्न ठाँउहरुमा मेलाहरु लाग्न गर्दछन् । यहाँको मुख्य धर्म हिन्दु रहेको छ भने मुस्लिम, बौद्ध र क्रिश्चीयन धर्म पनि मानिने गरेको पाईन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.