Sericulture Development Center Home / Directory
Sericulture Development Center
Khopasi, Panauti MUN, Kavrepalanchok, Bagmati
Government
Address Khopasi, Panauti MUN, Kavrepalanchok, Bagmati
Website sdc.gov.np

न् १९७१ मा १० वर्षे कृषि आयोजना लागू भएको समयमा व्यावसायिक महत्वका कीराहरुको विकास गर्ने उद्देश्यले सन् १९७५/०७६ मा खोपासीमा व्यावसायिक कीट विज्ञान आयोजनाको नामले मौरी सहित रेशमखेती केन्द्रको स्थापना भयो । वि.सं. २०४२ सालमा स्वर्गीय राजा वीरेन्द्रबाट मध्यमाञ्‍चल क्षेत्रीय विकास भ्रमणको क्रममा खोपासी केन्द्रको निरीक्षणपछि मौरीपालनलाई खोपासीबाट ललितपुरको गोदावरीमा सारियो र २०४३ सालदेखि खोपासीले रेशमखेती कार्यक्रम मात्र सम्हाल्दै आएको छ । आ.व. २०५२/०५३ देखि कृषि विभागको सांगठनिक ढाँचामा भएको परिवर्तन पश्‍चात् यसको नाम रेशमखेती विकास शाखा खोपासी कायम भई कार्यक्रम सञ्‍चालन हुँदै आएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागको स्वीकृत संरचना अनुसार २०७४/०४/०१ देखी रेशमखेती विकास शाखा संघीय संरचना बमोजिम पुनः संरचना भए अनुसार परिमार्जित गरी रेशम विकास केन्द्र कायम भएको छ। यो कार्यालय काठमाडौं देखि ३५ कि.मि. पूर्व काभ्रेपलाञ्‍चोक जिल्ला स्थित पनौती न.पा. वडा नं. १० खोपासीमा रहेको छ ।

रेशमखेती गर्ने कृषकहरूलाई प्राविधिक सेवा टेवा संघ र प्रदेशमा स्थापना गरिएका रेशमखेती फार्म केन्द्रहरुबाट नै पुर्‍याइएको छ । रेशमखेती संचालन गरिएका जिल्लाहरुमा सयौंका संख्यामा कृषकहरु रेशमखेती समूहमा आबद्ध रहेका, र मुख्य गरी निम्न, मध्यम तथा गरिब वर्ग र महिला आवद्घ भई रेशम कीरापालन गरी कोया उत्पादन विक्रीबाट अतिरिक्त आय आर्जन गरेका छन् । नेपालमा विद्यमान विविध हावापानी सुहाउँदो रेशमखेती प्रविधि विकास गर्न, रेशम कृषकहरुलाई सल्लाह सुझाव दिन, रेखदेख गर्न, कृषकहरुको माग अनुसार किम्बु विरुवा उत्पादन गर्न र आपूर्ति गर्न, साना रेशम कीरापालन र वितरण गर्न, कृषकहरुलाई रेशमखेती सम्बन्धी तालिम प्रदान गर्न र कृषकहरुबाट उत्पादित कोयाको बजार व्यवस्था गर्न खोपासीको अलावा  विभिन्न प्रदेश अन्तर्गत देशभर ८ वटा रेशम फार्महरु छन् । यी फार्महरु मध्ये पनि रेशम कीराको मातृश्रोत संरक्षण, बीज उत्पादन, संरक्षण र वितरण जस्ता कार्यहरु गर्नुपर्ने भएकोले यस केन्द्रको बेग्लै औचित्य तथा महत्व रहेको छ ।

 

परम्परागत कृषि तथा पशुपालन प्रणालीमा रेशमखेती आवद्ध गरी व्यावसायिकरण गर्ने । परम्परागत कृषि प्रणालीमा व्यावसायिक रेशमखेतीको माध्यमद्धारा किसान समुदायको आयआर्जन वृद्धि गरी जिवीकोपार्जनमा सुधार ल्याउने । नेपालमा स्थापित रेशम कपडा जन्य उद्योगको लागि रेशम धागोको आयत प्रतिस्थापन गरी स्वदेशी रेशम जन्य उद्योग प्रर्वद्धनमा टेवा पुर्‍याउने ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.