शहिद लखन गाउँपालिकाको आयोजना भएको पालिका स्तरीय "प्रथम सहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१" आज मिति २०८१।०७।१३ गते सम्पन्न भएको छ। ११ वटा विद्यालयहरूको सहभागिता रहेको यस प्रतियोगितामा श्री रामेश्वरी मा.वि.ले ११ स्वर्ण, २ रजत, २ कास्य पदक प्राप्त गरी लगातार दोस्रो पटक यो उपाधि जित्न सफल भएको छ। त्यसैगरी श्री शहीद स्मृति मा.वि.ले ४ स्वर्ण, ८ रजत, २ कास्य पदक प्राप्त गरी द्वितीय स्थान, श्री जनशक्ति मा.वि.ले ४ स्वर्ण, ६ रजत, ३ कास्य पदक प्राप्त गरी तृतीय स्थान र श्री सिंजाली मा.वि.ले ३ स्वर्ण, ४ रजत, ७ कास्य सहित सान्तवना स्थान हसिल गरेका छन् र अन्य सहभागी विद्यालयहरुमा श्री जलदेवि मा.वि.ले ३ स्वर्ण, २ रजत, ६ कास्य, श्री भगवती हिमालय मा.वि.ले २ स्वर्ण, ३ रजत, ५ कास्य, श्री हिमालय मा.वि.ले १ स्वर्ण, १ रजत, २ कास्य, श्री सिद्धस्थानी मा.वि.ले १ रजत, १ कास्य, श्री मनकामना मा.वि.ले १ रजत, १ कास्य पदक प्राप्त गरेका छन।
यस प्रतियोगितालाई सफल र भब्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका सदस्य,शिक्षा समिति सदस्यहरु, सबै विद्यालयका प्रधानाध्यापक,अफिसियल ज्यूहरु,सह आयोजक विद्यालय परिवार, सञ्चालक समितिका सदस्यहरु, सचिवालय सदस्य,शिक्षक नायक तथा २० जना विद्यार्थी स्वयंसेवक भाईवहिनिहरु, गाउँ कार्यपालिकाका कर्मचारीहरु, घैरुङ स्वास्थ्य चौकि, घैरुङ प्रहरी चौकि, हिमालयदेवी युवा कल्ब, अन्नपुर्ण युवा कल्ब, घैरुङ क्षेत्रका होटल व्यवसायिहरु,सबै विद्यालयका खेल शिक्षक तथा सहभागी सम्पुर्ण खेलाडी सहभागी भएका सम्पूर्ण खेलाडी भाइबहिनीहरूमा हार्दिक आभार व्यक्त गर्दछौ। यहाहरुको अथक मेहनत र सहयोगले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित सम्पूर्ण खेलप्रेमी महानुभावहरू हार्दिक आभार तथा सहयोग पुर्याउनु हुने सबैमा पुनह हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.