शहिदनगर नगरपालिका नेपालकाे मधेश प्रदेश अन्तरगत धनुषा जिल्लाकाे दक्षीण भागमा अवस्थित एक सुन्दर नगरपालिका हाे ।वि.सं.२०७३ सालमा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय ७५३ स्थानिय तह लागु गर्दा धनुषा जिल्ला साविककाे बालाबाखर,चाेराकाेयलपुर,यदुकुहा, नन्नुपट्टि, खरीहानी ६, पचहर्वा, हठ्ठीपुर हरवाडा, धवाैली, बिसरभाेरा र गाेठकाेयलपुर गा.वि.समितीहरुलाइ समायाेजन गरेर शहिदनगर नगरपालिका बनाएकाे हाे ।यस नगरपालिकाकाे कुल क्षेत्रफल ५७.३७ कि.मी. रहेकाे र राष्ट्रिय जनगणना २०७८ अनुसार यस नगरपालिकाका कुल जनसंख्या ५३८१२ रहेकाे छ । यस नगरपालिकाकाे पुर्वमा कमला नगरपालिका पश्चिममा हंसपुर नगरपालिका र अैारही गाउँपालिका उतरमा सबैला नगरपालिका दक्षीणमा विदेह नगरपालिका र कमला नगरपालिका रहेकाे छ । शहिदनगर नगरपालिकामा बढी संख्यामा हिन्दु धर्मालम्वि र मुस्लिम धर्मालम्वि हरु रहेका छन् ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.