बागमती प्रदेश अन्तरगत काठमाण्डौ जिल्लाको पूर्वी क्षेत्रमा रहेको यस नगरपालिका २०७१ साल मंसिर १६ गते स्थापना हुँदा १५ वटा वडामा विभाजन गरिएको नगरपालिका २०७३ सालमा भएका स्थानीय तहको पुनर्संरचना पश्चात साबिकको इन्द्रायणी, पुखुलाछी, बज्रयोगिनी, लप्सेफेदी, सुनटोल र नाङ्लेभारे गा.वि.स मिलाएर शंखरापुर नगरपालिका बनेको हो। हाल कुल ९ वटा वडामा वर्गीकरण गरिएको यस नगरपालिका ऐतिहासिक रुपमा करिव ३३०० वर्ष अगाडि जोगदेव बज्राचार्यले कलिगत सम्बत १८०१ मा योजना बनाई शंखको आकारमा साँखु सहरको परिकल्पना गरी बनाएको हुँदा यस नगरको नामाकरण शंखरापुर नगरपालिका गरिएको हो। कुल ६०.२१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगपालिका भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे जिल्ला लगायत काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकासंग जोडिएको छ । नेपालको राजधानी रहेको जिल्लामा रहेको नगरपालिका भएता पनि ग्रामीण बस्ती र भौगोलिक रुपमा विकट रहेको यस नगरको मुख्य विशेषताको रुपमा ऐतिहासिक सांखु शहर लगायत बज्रयोगिनि र शालिनदी रहेका छन । नगरपालिकाको कुल जनसङ्ख्या २७ हजार 2 सय २ रहेको छ जसमा 13633 पुरुष र 13569 महिला रहेका छन् ।
तामाङ, नेवार, ब्राम्हण, क्षेत्री गुरुङ लगायतका जातजाति बसोबास गर्ने यस नगरमा बज्रयोगिनी जात्रा, शालीनदी मेला,मणिचुड मेला, माधव नारायण स्वस्थानी वर्त, दसै जात्रा, इन्द्रायणी जात्रा तथा अन्य जात्रा प्रमुख संस्कृति मानिन्छ । नगरपालिका भित्र प्रमुख चाडपर्वका रुपमा दसैँ, तिहार, माघेसङ्क्रान्ति, चैतेदसैँ, साउने सङ्क्रान्ति, जनैपूर्णिमा, हरितालिका, कृष्णाष्टमी, गाईजात्रा ,योमरी पुर्णिमा, ल्होसार, मेनाङ मनाउने गरिएको छ।
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.