Sharada Municipality Home / Directory
Sharada Municipality
Khalanga, Sharada MUN, Salyan, Karnali
Government
Address Khalanga, Sharada MUN, Salyan, Karnali
Email 2 ito.shaaradamun@gmail.com
Toll Free No. 1660-88-52010

नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार कर्णाली प्रदेश मा पर्दछ । शारदा नगरपालिका विश्व मानचित्रमा ८२००२’४०” देखि ८२०१६’३६” पूर्वी देशान्तरसम्म र २८०१८’५१” देखि २८०२७’४४” उत्तरी आक्षांससम्म फैलिएर शारदा नदीको काखमा प्राकृतिक मनोरम संरचना सहित पहाडी क्षेत्रमा अवस्थित छ  । १९८.३४ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस शारदा नगरपालिकाको उत्तरमा सिद्बकुमाख गाउँपालिका पश्चिमतर्फ बनगाड कुपिन्डे नगरपालिका, दक्षिणमा छत्रेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिका र पूर्वमा छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिका रहेका छन् । 


नेपाल सरकारको मिति २०७१ बैशाख २५ गतेको निर्णयबाट सल्यान जिल्लाको तत्कालिन ७ गा.वि.स खलंगा, मार्के, ह्विल्चा, कजेरी, सजैवाल टाकुरा, स्यानीखाल र डाँडागाउँलाई मिलाएर घोषणा भई २०७१/०२/०२ गतेबाट औपचारिक रुपमा स्थापित तथा सञ्चालनमा आएको हो । यस नगरपालिकाको नामाकरण यस नगरपालिका भइ बग्ने शारदा नदिबाट गरिएको हो । शारदा नदी शारदा नगरपालिकाको मात्र नभइ सल्यान जिल्लाको पनि प्रमुख नदीको रुपमा मानिन्छ । यस नदिलाई आर्थिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार शारदा नगरपालिकाको जनसंख्या ३४,६६३ रहेको छ जस मध्ये पुरुष ४६.४३ प्रतिशत (१६,३८८ जना) र महिला ५३.५७ प्रतिशत (१८,२७५ जना) रहेको यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षेत्री जाति २१,१२७ जना (६२.६४ प्रतिशत), दोस्रोमा सन्यासी/दशनामी २७६१ जना (८.१९ प्रतिशत) र तेस्रोमा कामी २५८६ (७.६७ प्रतिशत) हरुको बसोबास रहेको छ । शैक्षिक हिसावमा यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी जम्मा ६३ वटा शिक्षण संस्थाहरु संचालित छन् ।

 
यस नगरपालिकामा औषत पारिवारीक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार व्यवसाय, पशुपालन, साना उद्योग, सेवा, नोकरी हुन् । यसको साथै विकल्पमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमशः आधुनिक कृषि प्रणाली र जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस नगरपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था रहेका छन् । प्राविधिक शिक्षा र माथिल्लो तह अध्ययनका लागि यस नगरपालिकाका स्थानीय विद्यार्थीहरु अन्य छिमेकी जिल्लामा जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयन तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व जस्तै नयाँ वर्ष, साउने सक्रान्ति, कृष्णजन्माष्टमी, तीज, दशै, तिहार, माघे सक्रान्ति, चैते दशै आदि मनाउने गरिन्छ ।

शारदा नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.