Shivalaya Rural Municipality Home / Directory
Shivalaya Rural Municipality
Jajarkot-03
Government
Address Jajarkot-03
Email 2 ito@shibalayamun.gov.np
Phone 2 9858084522

शिवालय गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । शिवालय गाउँपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८४३०५८००५, ९८५१३२३१२१ र ९८५८०८४५२२ मा फोन गर्नुहुन अनुरोध छ ।

 

शिवालय गाउँपालिका जाजरकोट जिल्लाको पश्चिम भागमा रहेको गाउँपालिका हो। नेपालको संघिय शासन प्रणाली अन्तर्गत राज्य पुनरसंरचनामा स्थानीय तहको नयाँ सिमांकन गर्दा यो गाउँपालिका साविकका ३ वटा गाविसहरु सिमा, थालारैकर र जुंगाथापाचौर गाविसहरु मिलेर स्थापना भएको हो। यो गाउँपालिका जातिगत तथा सांस्कृतिक रुपमा बिशिष्टता र बिविधता बोकेको गाउँपालिका हो।यो गाउँपालिकाम मुख्य रुपमा क्षेत्री र त्यसपछि क्रमश कामी, ठकुरी, दमाई, वाहुन, मगर, सार्की र सन्यासी जातीको बसोबास रहेको छ। स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत-साधन, पर्यटनको प्रचुर संभावना, जल तथा काठजन्य वन क्षेत्रको पर्याप्तता शिवालय गाउँपालिकाको प्रमुख विशेषता हो। यो गाउँपालिकाको जिल्लाको कुल क्षेत्रफल २२२३.३५ वर्ग किलोमिटर मध्य १३४.२६ अर्थात १२% भु भाग ओगटेको छ। यातायातको हिसावले भर्खर मात्र यो गाउँपालिकामा मौसमी यातायात संचालन हुने गरी वाटो निर्माण कार्य भइरहेको छ।

 

एउटा मान्यता अनुसार सत्ययुगमा भगवान शिवजी आउने क्रममा एक ठाउँमा एक दिन बास बस्नु भयो। राती सपनामा सबैलाई त्यस ठाउँमा मन्दिर बनाउन भन्नुभयो। शिवजी बसेकै स्थानमा मन्दिर निर्माण भयो र उक्त स्थानको नाम शिवालय रह्यो। शिवालयमा सादु सन्तहरु आउने क्रम बढ्न थाल्यो। आश्रम घर निर्माण भयो। सो स्थानमा विवाह व्रतवन्ध गर्ने, माघी सक्रान्तिमा ५ दिनसम्म जात्रा लगाउने, माघी नुहाउने प्रचलन शुरु भयो। भगवान शिव र सत्यदेवीको तपस्या गरी एकजना बलिभद्र घर्ति नामका व्यक्तिले ५ क्वीन्टलको ढुंगा उठाएको कहावत चर्चा हुने गर्दछ। यसरी राज्यको पुन:संरचना पश्चात यसै शिवालय भन्ने स्थानको ऐतिहासिक र धार्मिक महत्वलाई आत्मसात गरी गाउँपालिकाको नाम समेत शिवालय राखिएको भनाइ छ।

 

शिवालय गाउँपालिका जाजरकोट जिल्लाको पश्चिम क्षेत्रमा रहेको गाउँपालिका हो। यो गाउँपालिकाको पुर्वमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका र दैलेख जिल्लाको भगवतीमाइ गाउँपालिका पर्दछ भने दक्षिण तर्फ सल्यान जिल्ला र सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका पर्दछ। यो गाउँपालिकाको तिन तर्फको सिमानामा फरक फरक ३ जिल्लाहरु रहेका छन। दोमट र रातो माटो प्रशस्त भएको यो गाउँपालिकामा चिसो लेक देखि वेसी सम्म पर्दछ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.