Shivraj Municipality Home / Directory
Shivraj Municipality
Chandrauta, Shivaraj MUN, Kapilbastu, Lumbini
Government
Address Chandrauta, Shivaraj MUN, Kapilbastu, Lumbini
Fax 076-540118

नगरपालिकाको चिनारी

शिवराज नगरपालिका वि.सं. २०७१ मा साविक शिवपुर, वीरपुर, चनई, विसुनपुर र जवाभारी गाविसलाई समावेश गरी स्थापना गरिएको हो । स्थानीय तह पुनर्संरचनाका क्रममा नेपाल सरकारको मिति २०७३ साल फागुन २७ गतेको निर्णय अनुसार साविकका शिवगढी, थुन्हिया र लालपुर गाविस समेतलाई मिलाएर यस नगरपालिकाको पुर्नगठन गरिएको हो ।

 

भौगोलिक अवस्थिति

शिवराज नगरपालिका भौगोगिक अवस्थितिगत रूपमा २७ डिग्री ३४ मिनेट ६ सेकेण्डदेखि २७ डिग्री ४७ मिनेट ४४ सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ४३ मिनेट ५२ सेकेण्ड देखि ८२ डिग्री ५६ मिनेट ७ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ । समुन्द्र सतहको ७०० फिट देखि १००० फिट सम्मको उचाईमा रहेको यस नगरपालिकाको कुल क्षेत्रफल २८४.०८ वर्ग किमि रहेको छ । पूर्वमा बुद्धभूमि नगरपालिका, पश्चिममा विजयनगर गाउँपालिका, उत्तरमा अर्घाखाँची र दाङ्ग जिल्ला र दक्षिणमा कृष्णनगर र महाराजगञ्ज नगरपालिका रहेको छ । यस नगरपालिकामा हाल ११ वटा वडा कायम रहेका छन् । पूर्व पश्चिम लोकमार्गको दायाँ बायाँ रहेको यस नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि करिव ५० किमि सडक दुरीमा अवस्थित रहेको छ ।

 

ऐतिहासिक चिनारी तथा नामाकरण

शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको निकट पश्चिममा अवस्थित ऐतिहासिक स्युराज क्षेत्र तथा प्रसिद्ध धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिका नेपाल सरकारको मिति २०७१ मा साविक शिवपुर, वीरपुर, चनई, विसुनपुर र जवाभारी गाविसलाई समावेश गरी स्थापना गरिएको हो । नेपाल सरकारको मिति २०७३ साल फागुन २७ गतेको निर्णय अनुसार साविकका शिवगढी, थुन्हिया र लालपुर गाविस समेतलाई मिलाएर शिवराज नगरपालिकाको पुनसंर्र चना गरिएको हो ।

 

राजनीतिक अवस्थिति

यस नगरपालिका प्रदेश नं. ५ अन्तरगत कपिलवस्तु जिल्लामा रहेका कूल ६ नगरपालिका र ४ गाउँपालिका मध्ये एक हो । प्रतिनिधी सभा निर्वाचनका लागि तोकिएका जिल्लाका कूल ३ निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. ३ मा पर्दछ भने प्रदेशसभा निर्वाचन प्रयोजनका लागि कायम गरिएको निर्वाचन क्षेत्रको लागि क्षेत्र नं. ३ (ख) मा रहेको छ । नगरपालिकाको केन्द्र चन्द्रौटा बजारमा रहेको छ । नगरपालिकामा ११ वटा वडा कायम रहेका छन् । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.