नेपालको दुर्गम कर्णाली प्रदेश कालिकोट जिल्लाको शुभकालिका गाऊँपालिकामा एकातर्फ आर्थिक, सामाजिक, मानविय श्रोत, सडक, विद्युत, स्वास्थ्य, शिक्षाको हिसाबले पछाडी परेको गाऊँपालिका हो भने अर्कोतर्फ भौगोलिक, सांस्कृतिक, सम्पदाको धनि, सौन्दर्यताले सिंगारिएको विर सपुतहरुको तपोभुमी यो पालिका धेरै सम्भावना ओगटेर बसेको भुमी हो । यस गाउँ पालिकामा २९८१ घरधुरी, कुल जनसंख्या १७९२० रहेको छ । सक्रिय उमेरका ४२ प्रतिशत युवाहरु मध्ये ५५ प्रतिशत रोजगारीको लागि भारत लगायत अन्य खाडी मुलुकमा गएर काम गर्न बाध्य छन् । यस गाउँ पालिकाका ८२ प्रतिशत मानिसहरु कृषि पेशामा संलग्न भएतापनि आफ्नो उत्पादनबाट सरदर.३ महिना मात्र खान पुग्ने घरधुरी २५ प्रतिशत , ३ देखी ६ खान पुग्ने ३८ प्रतिशत, ६ देखि ९ महिनासम्म खान पुग्ने २८ प्रतिशत र बाह्रै महिना खान पुग्ने ९ प्रतिशत घरधुरी रहेको छ । यस गाउँपालिकाको बार्षिक औषत उत्पादन १.३ मे टन प्रति हेक्टर देखिएको छ, जुन राष्ट्रिय औषत उत्पादन भन्दा कम देखिन्छ । आधुनिक व्यवशायिक कृषि प्रणाली, उन्नत जातका पशुपालन तथा बजारीकरणको अभावले कृषि क्षेत्रमा अपेक्षित उपलब्धी हुन सकेको छैन ।
कर्णाली लोकमार्ग संग आशिंक रुपमा जोडिएको भएता पनि गाँउपालिकाको केन्द्र लगायत स्थानीय बजार केन्द्रहरु सम्म सडक संजाल जोड्न नसकिएको कारण स्थानीय स्तरमा उत्पादित कृषि तथा वनजन्य बस्तुहरुको राम्रो बजारिकरण हुन सकेको छैन । शुभकालीका गाउँपालिका जल जंगल, खनिज, जडीबुटी, वन्यजन्तु , पशुपालन, अन्नबाली, फलफुल र ठुलो मानविय श्रोत भएको गाऊँ पालिका हो । यि कुराहरुको संरक्षण र उपयोग गर्न सकिएमा गाउँपालिकाको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने देखिन्छ । जलश्रोतको उचित उपयोगले यो गाऊँपालिका पुर्ण रुपले प्रकासमय हुनेछ भने विभिन्न प्रकारका पर्यटकिय क्षेत्रले गर्दा आयआर्जनमा बृद्धि हुने छ । विकासका आयमहरुलाई यथार्थतामा बदल्न भौतिक विकासको साथसाथै मानविय विकासलाई समेत संगसंगै लैजानु पर्ने अपरिहार्यता रहेको छ । यस गाउँपालिकामा ४४ वटा बालविकास केन्द्र, २० वटा आधारभूत द्यिालय, ७ वटा माध्यामिक विद्यालय संचालनमा छन् । यस पालिकाको विद्यार्थी भर्ना दर ९८ प्रतिशत, विद्यालय छाड्ने दर ३ प्रतिशत भएता पनि महीला शाक्षरता ६१.८१ प्रतिशत ६३ं.८६ गरी कुल ७९ प्रतिशत मात्र देखीन्छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.