Shuddhodhan Rural Municipality Home / Directory
Shuddhodhan Rural Municipality
Manapkadi-5
Government
Office Info
Address Manapkadi-5
Email 2 ito.shuddhodhanrmun@gmail.com
Email 3 info@shuddhodhanmunrupandehi.gov.np,

विश्व विख्यात शान्तिका प्रतिक गौतम बुद्धका पिता शुद्धोदनको नामवाट यस गाउँपालिकाको नामकरण गरिएको हो । लामो इतिहास बोकेको दरवाहा मेला, मौलिक चार्डपर्व, पराम्परा, संस्कृति र भाषा गाउँपालिकाका महत्वपूर्ण र ऐतिहासिक पक्ष हुन् ।

  • उत्तर पश्चिमबाट बग्ने दानव नदी र पूर्वबाट बग्ने तिनाउ नदीसँगै प्राकृतिक, भौगोलिक र सांस्कृतिक मनोरम स्थलले यो गाउँपालिका सिंगारिएको छ ।
  • नेपालको संविधान¸ २०७२ बमोजिम नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गतेको निर्णय अनुसार यस शुद्धोदन गाउँपालिकाको स्थापना भएको हो ।
  • लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहहरू (१० वटा गाउँपालिका) मध्ये एक सदरमूकाम भैरहवादेखि २३ किलोमिटर पश्चिम मानपकडीमा गाउँपालिकाको केन्द्र अवस्थित छ ।
  • पूर्वपश्चिम लोकमार्ग अन्तर्गत तामनगरदेखि ५ किलोमिटर दक्षिण, ८३.४१६० पूर्वी देशान्तर र २७.६२३५ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करिब ९२.१ मिटरको उचाइमा छ ।
  • ५७.६६ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा पर्दछ भने यहाँको मतदाता संख्या (२०७९) २७,५७८ जना रहेको छ।
  • पूर्वमा तिलोत्तमा नगरपालिका, पश्चिममा गैडहवा गाउँपालिका, उत्तरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका तथा दक्षिणमा सियारी, मायादेवी र गैडहवा गाउँपालिका पर्दछन् ।
  • यसको भू÷बनोट समथर र उर्वर मलिलो माटोका कारण प्रशस्त मात्रामा कृषि उत्पादन हुने गर्दछ भने मौसम अनुसारका खेती बाह्रै महिना गर्न सकिन्छ । मुख्य बाली धान, गहुँ, मकै, मास, मसुरो, रहर, आलस, तोरी, बदाम, आलु आदि हुन् ।
  • सामुदायिक विद्यालय १७ वटा (माध्यमिक ७ र आधारभूत १०), मदरसा १ वटा, संस्थागत विद्यालय १० वटा, क्याम्पस १ वटा, सामुदायिक सिकाई केन्द्र ३ वटा, बाल विकास केन्द्र ७ वटा, स्वास्थ्य संस्था ६ वटा (प्राथमिक स्वास्थ्य केन्द्र १, स्वास्थ्य चौकी ३ र आधारभूत स्वास्थ्य केन्द्र २) रहेका छन् ।
  • मुख्य सडकहरूमा लुम्बिनी परिभ्रमण सडक (दोगनादेखि सिसवासम्म), तामनगर सिसवा सडक (बनगाइदेखि सिसवासम्म), बेलवास वेथरी सडक (बेतहानीदेखि अमुवासम्म), फर्साटिकर अमुवा सडक (फर्साटिकरदेखि अमुवासम्म), बकुली भैरहवा सडक (बकुलीदेखि छपियासम्म), केदली कोटैया सडक (केदलीदेखि कोटैयासम्म) रहेका छन् ।
  • पर्यटकीय तथा साँस्कृतिक क्षेत्रमा दरबहवा क्षेत्र मानपकडी, सियाभार मन्दिर क्षेत्र बेताहानी, नागेश्वर धाम नैडिहवा, राम मन्दिर फर्साटिकर, शिवालय मन्दिर बेतही, राधाकृष्ण मन्दिर गोपालपुर, समैदेवी थान कोलुवा, गुरैलिया मस्जित, डिउहार मन्दिर पुरैनी, कृष्ण प्रणामी मन्दिर बेलवा तथा शहरोन्मूख क्षेत्र फर्साटिकर बजार र मानपकडी बजार आदि रहेका छन् ।

 

हालको वडामा समावेश भएका साविकका गा.वि.स. तथा वडाहरू:

  • वार्ड नं. १ शिशै (साविकको ख. बनगाई गा.वि.स.को वडा नं. ३, ४ र ९ तथा मानपकडी गा.वि.स.को वडा नं. २ र ७)
  • वार्ड नं. २ ख. बनगाई (साविकको ख. बनगाई गा.वि.स.को वडा नं. १, २, ५, ६, ७ र ८)
  • वार्ड नं. ३ दोगना/सियाभार (साविकको सौ. फर्साटिकर गा.वि.स.को वडा नं. २, ३, ६ र ७)
  • वार्ड नं. ४ फर्साटिकर (साविकको सौ. फर्साटिकर गा.वि.स.को वडा नं. १, ४, ५, ८ र ९)
  • वार्ड नं. ५ मानपकडी (साविकको मानपकडी गा.वि.स.को वडा नं. १, ३, ४, ५, ६, ८ र ९)
  • वार्ड नं. ६ गुरौलीया/सेमरीडाँडा (साविकको मानमटेरिया गा.वि.स. को वडा नं. २, ६, ८ र ९)
  • वार्ड नं. ७ मानमटेरिया (साविकको मानमटेरिया गा.वि.स. को वडा नं. १, ३, ४, ५ र ७)
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.